• The Public Today
  • पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन


    शैलेन्द्र महतो/जनकपुरधाम, वैशाख ८ गते । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको छ । शारीरिक अस्वस्थ्यताका कारण काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचाररत्त अध्यक्ष चौधरीको आईतवार विहान ८ बजे ४५ वर्षको उमेरमा निधन भएको परिवारिक श्रोतले जानकारी दिएको छ ।

    उहाँको शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ । उहाँ राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । निर्वाचित भएकै बेलादेखि उहाँ शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भएपछि औषधि उपचार भइरहेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस