काठमाडौं, बैशाख ९ गते । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकजुट रहेको भन्दै कुनै पनि हालतमा विभाजित नहुने बताएका छन् ।
उनले पार्टी विभाजित हुने दाबी गर्दै ज्योतिषले समेत भविष्यवाणी गर्ने गरेको भन्दै त्यस्तो थाहा पाउने ज्योतिषले तत्कालीन एमाले र माओवादी मिल्दैछ भनेर किन थाहा पाएनन् भन्दै व्यङ्ग्य गरे ।
‘पार्टीमा कुनै समस्या छैन सबै ढुक्क हुँदा हुन्छ’, ओलीले भने, ‘ हल्ला यसरी चलाउन थालिएको छ हुँदाहुँदा यो महिना पार्टी टुक्रिन्छ भनेर ज्यातिषीले पनि भन्न भन्न थालेका छन्, यस्तो थाहा पाउनेले एमाले र माओवादी मिल्छ भनेर किन थाहा पाएनन् ?’
उनले पार्टी कुनै भवितब्यले नमिलेको भन्दै देश विकासको उद्देश्य राखेर एकता गरिएको बताए ।