प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने घिमिरेलाई रिहा गर्न माग

Facebook
Twitter
WhatsApp
Print

बुटवल, बैशाख ९ गते । प्रदेश ५ सांसदले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने युवकलाई रिहा गर्न माग गरेका छन् ।

प्रदेश ५ सांसदले शनिबार बुटवलको जितगढीमा आयोजित जितगढी विजय उत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरेको मुद्दा फिर्ता लिन पनि माग गरेका छन् । पक्राउ परेका घिमिरेलाई तत्काल रिहा गर्न उनिहरूले माग गरेका छन् ।

प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु डिल्लीबहादुर चौधरी र निर्मला क्षेत्रीले लोकतन्त्रमा बोल्न पाउने र विरोध गर्न पाउने अधिकार रहेको भन्दै कालो झण्डा देखाएको अभियोगमा पक्राउ परेका घिमिरेलाई तत्काल रिहा गर्न माग गरे । उनीहरुले घिमिरेबिरुद्ध दर्ता भएको मुद्दासमेत फिर्ता लिएर लोकतान्त्रिक अधिकारको रक्षा गर्न माग गरे ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार