• The Public Today
  • पाँच दिनमै सिउँदो पुछियो


    दमौली, बैशाख १० – पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् ।

    बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर –३३ का ३१ बर्षिय सन्दीप कुँवरको निधन भएको हो ।

    दुर्घटनामा परी सिर्जनाको घुँडा भाँचिएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पवन पौडेलले लेखेका छन् ।
    उनको अवस्थामा सुधार आए अझै चिन्ताजनक रहेको प्रहरीको भनाई छ ।

    पढ्नका लागि पोखरा आएकी सिर्जना स्थानीय सञ्चार उद्यमी उमनाथ बरालको प्रेसमा काम गर्छिन्। मेहनती र लगावपूर्ण रुपमा काम गरेकी राउतलाई उनै प्रेस धनी बरालले जोडी खोजिदिएका थिए।

    सिर्जनालाई सानिमाको घर दमौली घुमाएर पोखरा छाडेर आफू काठमाडौं काममा जाने तयारीमा थिए, सन्दीप। बरालका अनुसार सानिमासँग भेटघाट गरेर पोखरा फर्कने उनीहरूको तयारी थियो।

    ‘परीक्षाका कारण श्रीमतीलाई पोखरा छाडेर उनी काठमाडौं जाँदै थिए,’ बरालले भने, ‘तर नसोचेको घटना भइदियो।’


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज


    प्रतिक्रिया दिनुहोस