द पब्लिक टुडे समाचारदाता-
बर्दिवास, बैशाख १० गते । आर्थिक अवस्था कमजोर भएकै कारण आफना दिदि वहिनी स्कुल सम्म पुगेर पनि शिक्षा लिनबाट बञ्चित भएको सम्झना झलझलि आउने गर्दथ्यो पत्रकार राजकरण महतोलाई । पत्रकार महतोकी दिँदी चन्द्र कुमारी महतोले भाईलाई स्कुल सम्म पु¥याए स्कुलको गेट बाट घर फर्केको सम्झनाले उनलाई झस्क्याइ रहेको थियो ।
आफनो घर परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण दिदिले शिक्षा लिन नसकेकोमा बच्चै देखि उनलई हिन्ता वोध हुने गर्दथ्यो । त्यहि भएर महतोले ठुलो भए पछि आफनी दिँदी चन्द्र कुमारी महतो जस्तो अरु दिदि वहिनीले शिक्षाबाट बञ्चित रहन नपरुन उद्देश्यले केहि गर्ने अठोट उनमा बच्च देखि थियो । त्यहि अठोट आत्म विश्वासका साथ पत्रकार महतोेले नारि शिक्षालाई उत्प्रेरित गर्न आफैले पत्रकारिता पेशामा लागेर कमाए जोगाएको ५१ हजार रुपैंयाको छात्रवृति कोष स्थापना गरेका छन ।
श्री जनता माध्यमिक विद्यालय डाडा टोल विजलपुरा १३ वर्दिवासमै आफु पनि मावि स्तर सम्मको पढाइ सकाएकोले त्यहि विद्यालयमा आफनो दिँदी चन्द्र कुमारी जस्ता कैयन दिदि वहिनीलाई सहयोग पुग्ने विश्वासका साथ जन्म दिनको अवसरमा उनले छात्रवृति कोष स्थापना गरेका हुन ।
सो छात्रवृति कोष वापतको रकम वैंकमा जम्मा गरेर सो वाट आउने व्याजको रकमबाट वर्षेनी सो विद्यालयमा राम्रो गर्ने विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने र मुलतः सो छात्रवृति नारि शिक्षाकै लागि खर्चिने पत्रकार महतोले वताएको छ ।
वैंकमा विद्यालयको प्रधानाध्यापक र कोष संस्थापकको हस्ताक्षर चल्ने गरि संयुक्त खाता खोलिएको र अगामी दिनमा थप सहयोगहरु जुटाएर कोषमा रकम वृद्धि गर्दै लैजानो योजना उनको रहेको छ ।