राष्ट्रपति भण्डारी आज चीन जाँदै

 

काठमाडौं, बैशाख ११ : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन जाँदैछिन्। चीनको बेइजिङमा आयोजना हुने दोस्रो अन्तराष्ट्रिय विकाससम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुनुका साथै फोरमलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी बुधबार विहान ११ बजे चीन जाने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए।

नौ दिने चीन भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सिजिङपिङसँग भेटवार्ता गर्नेछिन्। त्यस्तै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय बागबानी मेलाको उद्घाटनमा पनि सहभाथी हुने र त्यहाँ रहेको नेपाली पेभिलियनको अवलोकन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद तथा उच्च अधिकारीहरू समेतको सहभागिता रहनेछ। राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

Scroll to Top