५० वर्षिय पुरुषसंग १९ वर्षीया किशोरीको विवाह गराउन खोज्ने ५ पक्राउ

Facebook
Twitter
WhatsApp
Print

शैलेन्द्र क्रान्ति
जनकपुरधाम, वैशाख १२ गते ।

बाल तथा अनमेल विवाह गराउन लागेका ५ जनालाई प्रहरीले जनकपुरको विवाह मण्डपबाट पक्राउ गरेको छ । जनकपुरको जानकी मन्दिरको छेउमा रहेको रामजानकी विवाहमण्डपमा बुधबार साँझ ५० वर्षका बेहुलाले १९ वर्षकी बालिका बेहुलीसंग विवाह गरिरहेको बेला पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।

सिरहाको बरियारपट्टी गाउँपालिका ५ हरिपुर बस्ने जिवेन्द्रनारयाण यादवले धनुषाको औरही गाउँपालिका ३ खजनपुर बस्ने हरिनारायण यादवको छोरी वर्ष १९ की विभा कुमारीकोसंग विवाह गर्न लागेको थियो । त्यस क्रममा प्रहरीले सूचना पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

बेहुलीका बुबा हरिनारायण यादव र विवाह गर्ने बेहुला जिवेन्द्रनारायण यादवसहित दुवै पक्षका ५ जनालाई प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार