• The Public Today
  • विवाहबारे अर्जुन कपुरले भनेः मलाई विवाह गर्न कुनै हतार छैन


    एजेन्सी,  वैशाख १२ – पछिल्लो समय अर्जुन कपुर र मलाइका अरोराबीच विवाहको खबरलेबलिउड तातिएको छ । विवाहको मिति, स्थानलगायतका विभिन्न खबर सार्वजनिक भइसकेका छन् । अर्जुन–मलाइकाको अप्रिल १९ मा विवाह हुन लागेको बताइएको थियो तर यसबारे अर्जुन कपूरले मुख खोलेका छन् ।

    आफ्नो विवाहबारे कुरा गर्दै उनले भने, ‘होइन, मेरो विवाह हुन लागेको होइन । म अहिले ३३ वर्ष पुगेको छु र मलाई विवाह गर्न कुनै हतार छैन । यदि मैले विवाह गरेँ भने मानिसहरुलाई थाहा भइहाल्छ नि । आजकाल एक हदपछि केही कुरा पनि लुक्दैन । अनुमान गर्दा कुनै क्षती हुँदैन तर मलाई लाग्छ कि हरेक प्रत्येक त्यसबारे प्रतिक्रिया दिँदा मलाई राम्रो लाग्दैन ।

    यसबाहेक लगातार प्रतिक्रिया दिँदा थकाईसमेत लाग्छ । यो विषयमा आवश्यकताभन्दा बढी हल्ला भइसकेको छ तर मेरो मलाई कसैसँग पनि रिस उठेको छैन ।’

    उक्त अन्तरवार्तामा अर्जुनले मलाइका आफ्नो लागि विशेष भएको स्विकारेका छन् ।


    क्याटेगोरी : मनोरंजन

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस