धुर्मुस सुन्तलीको अभियानमा सबैको साथ


काठमाण्डाै, फागुन १६ – ‘धुर्मुस सुन्तली फाउन्डेसन’ले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा नेपाली कलाकार, खेलाडी तथा समाजसेवीहरु पनि सहभागी भएका छन् ।

अभियानमा कलाकार निर शाह, निर्मल शर्मा, सुरजसिंह ठकुरी, अनमोल केसी, प्रदीप खड्काले आफ्नो सहभागीता रहने बताए । यस्तै सीएनएन हिरो अनुराधा कोइरालासहित नेपाली फुटवलका प्रशिक्षक राजु शाक्य, नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेले पनि अभियानमा आफ्नो साथ र सहयोग रहने बताएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनको यूट्युब च्यानलमा भिडियो सार्वजनिक गर्दै उनीहरुले अभियानमा सहभागी भएको जानकारी दिएका हुन् । भिडियोमा कलाकार निर शाहले अठोट नै महत्वपूर्ण विषय भएको भन्दै इमान्दारितासाथ गरिएको अठोट नै इतिहास बन्ने बताएका छन् ।

यही अठोटका साथ आफूहरु पनि ‘धुर्मुस सुन्तली फाउन्डेसन’को अभियानमा सहभागी भएको शाहको भनाइ छ । यस्तै सीएनएन हिरो अनुराधा कोइरालाले अभियान सफल बनाउन भिडियोमार्फत सबै नेपालीलाई हातेमालो गर्न आग्रह गर्नुभएको छ ।

Scroll to Top