धनुषामा हावाहुरी : दुई जनाको ज्यान गयो

जनकपुरधाम, बैशाख १५ गते । आइतबार धनुषामा भिषण हावाहुरी आएको छ । आइतबार बिहान साढे ३ बजे आएको हावाहुरीले दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका–५ का ६० वर्षीय  रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको रहेका छन्। 

हावाहुरीका कारण विभिन्न स्थानमा रुखहरु ढलेका छन् भने विद्युतीय पोलहरुमा क्षति पुगेको छ । क्षतिको बारे विस्तृत वितरण आएको छैन ।

तस्विर : किरण कुमार कर्ण