गाैशाला, बैशाख १८ गते । वाराणासीको जिल्ला निर्वाचन कार्यालयले सीमा सुरक्षा बल (बीएसएफ) का पूर्व जवान तेज बहादुर यादवको वाराणासी लोकसभा सिटबाट नाम खारेज गरेको छ ।
तेजबहादुरले दुई वटा नामांकन पत्र भरेका थिए । गएको २४ अप्रिलमा निर्दलीय उम्मेदवार र २९ अप्रिलमा समाजवादी पार्टी–बहुजन समाज पार्टीको गठबन्धनको उम्मेदवारको रुपमा नामांकन पत्र भरेका थिए ।
तेज बहादुरले निर्वाचन कार्यालयको विरुद्ध सर्वाेच्च अदालतमा अपिल गर्ने बताएका छन् । आफ्नो नाम गलत तरिकाबाट रद्द गरिएको भन्दै उनले भने, ‘मलाई भोलि ६ बजेर १५ मिनेटसम्म प्रमाण पेश गर्नको लागि भनिएको थियो । हामीले सबुत पनि दिएका थियौँ, तर पनि मेरो नाम रद्द गरियो । अब हामी सर्वाेच्च अदालत जान्छौं ।’
वाराणासी सिटबाट प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय जनता पार्टीका वर्तमान संसाद हुन् र यसपटक पनि उनी यहीँबाट नै चुनाव लड्दैछन् । मोदीले गएको २६ अप्रिलमा यहाँबाट आफ्नो नामांकन भरेका थिए । यो सिटमा कांग्रेसका अजय राय र समाजवादी पार्टीकी शालिनी यादवले पनि आफ्नो नाम दर्ता गराएका छन् ।
तर ३० अप्रिलमा तेजबहादुर यादवलाई जिल्ला निर्वाचन अधिकारीले बीएसएफमा हुँदा किन बर्खास्त गरिएकाे हाे स्पष्ट खुलाउन पहिलो सन्देश पठाएको थियो । सन्देशमा उनलाई जिल्ला निर्वाचन अधिकारीसमक्ष १ मे २१०९ अर्थात् ९० वर्षपछि उपस्थित हुन बताएका थिए ।
तर दोस्रो सन्देश जारी गरियो र पहिलो सन्देशमा बताइएको मिति गलत भएको भन्दै तेज बहादुरलाई १ मे २०१९ बिहान ११ बजेसम्म सीमा सुरक्षा बलबाट चिठ्ठी ल्याउन भनिएको थियो ।
चुनाव आयोगका एक कर्मचारीका अनुसार, जन प्रतिनिधित्व अधिनियममा कुनै पनि राज्य सरकारका कर्मचारी सेवा अवधिमा बर्खास्त हुँदा पाँच वर्षसम्म चुनाव लड्न मिल्दैन ।
वाराणासी लोकसभा सिटमा कुल एक सय एक नामांकन दर्ता भएको थियो, जसमा ७१ वटा नामांकन खारेज गरिएको छ ।
तेजबहादुरले बीएसफमा जवानलाई दिइने खानाको गुणस्तरीयतामाथि प्रश्न उठाउँदै भिडिया बनाएका थिए । सामाजिक सञ्जालमा उनको भिडियो भाइरल भएको थियो ।
को हुन् त तेजबहादुर यादव ?
बीएसफमा कार्यरत तेजबहादुर यादवलाई सन् २०१७ मा खराब खानाबारे गुनासो गरेपछि सेवाबाट बर्खास्त गरिएको थियो । तेजबहादुरले पहिले नै निर्दलीय रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । अब उनले सपाको चुनाव चिन्हबाट चुनाव लड्ने तयारीमा थिए । तर उनकाे उम्मेदवारी खारेज भएसँगै सपाका तर्फबाट शालिनी यादव नै उम्मेदावर बनेकी छिन् ।
गएको मार्चमै तेजबहादुर यादवले प्रधानमन्त्री नरेन्द्र मोदवीविरुद्ध बनारसबाट चुनाव लड्ने बताएका थिए । यादवले आफ्नो उम्मेदवारी भ्रष्टाचारविरुद्ध भएको बताएका छन्, ‘मैले भ्रष्टाचारको मुद्दा उठाएँ । तर मलाई बर्खास्त गरियो । मेरो पहिलो प्राथमिकता सेनालाई बलियो बनाउनु र त्यहाँ भएको भ्रष्टाचार अन्त्य गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ ।’
तेजबहादुरले बीएसफमा जवानलाई दिइने खानाको गुणस्तरीयतामाथि प्रश्न उठाउँदै भिडिया बनाएका थिए । सामाजिक सञ्जालमा उनको भिडियो भाइरल भएको थियो ।
यस प्रकरणमा निकै विवाद भएपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गरेको थियो । बीएसफले अनुशासनात्मक कारबाही गर्दै तेजबहादुरलाई बर्खास्त गरिएको थियो । आफ्नो बर्खास्तगीका विषयमा तेजबहादुर अदालत गएका थिए । यो मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ । उत्तर प्रदेशको वाराणसीमा अन्तिम चरणअन्तर्गत मे १९ मा चुनाव हुँदैछ । एजेन्सी