नेपाल प्रहरीको हतियार लुटियो

 

जनकपुर, वैशाख १८ गते : धनुषास्थित नेपाल-भारत सीमाक्षेत्रबाट नेपाल प्रहरीको हतियार लुटिएको छ । सीमासँगै रहेको मुखियापट्टी मुसहरनियामा तस्करले नेपाल प्रहरीको हतियार लुटेका हुन्। तस्करहरूको एक समूहले अवैध समान भित्र्याउने क्रममा बुधबार राति नेपाल प्रहरीसँग झडप भएको थियो। त्यसक्रममा तस्करको समूहले प्रहरीको हतियार लुटेका हुन् ।

तस्करको समूहले प्रहरीको पेस्तोल, त्यसमा लाग्‍ने म्यागजिन र गोलीसमेत लुटेर भागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। नेपालबाट भारततर्फ अवैधरूपमा मदिरा निर्यात गर्ने क्रममा तस्कर र प्रहरीबीच झडप भएको थियो।

पेस्तोल र गोली लुटिएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वमा खटिएको टोलीले खोजतलास थालेको छ। तर हालसम्म लुटेको हतियार र तस्करको समूहलाई फेला पार्न नसकिएको प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।

तस्करहरूले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहले बोकेको चाइनिज पेस्तोल १ थान, म्यागजिन र गोलीसमेत लुटेर भागेको कार्कीले बताएका छन् । साभार : थाहा खबर

Scroll to Top