काठमाडौं, फागुन १९ – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र सोही पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत पूर्वउपप्रधामन्त्री अधिकारीलाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्।
पार्टी कार्यालय धुम्बाराही पुगेर अध्यक्षद्वय ओली र प्रचण्डले दिवंगत अधिकारीको शवमा राष्ट्रिय झन्डा ओढाएका हुन्।
हिजो राती ९ बजेर ३४ मिनेटमा अधिकारीको ह्याम्स अस्पतालमा निधन भएको थियो।