पत्रकार महतो सम्मानित, पुरस्कारमा पाए थाइल्यान्ड भ्रमणको टिकट

विजय कुमार सिंह
जनकपुरधाम, वैशाख १९ गते ।
महोत्तरीका युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतो सम्मानित भएका छन् । बुधबार अन्नपूर्ण मिडिया नेटर्वकद्वारा पहिलो प्रकाशन अन्नपूर्ण पोस्टले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार महतोलाई देशभरिका उत्कृष्ट रिपोर्टरको रुपमा पुरस्कृत गरिएको छ ।

महोत्तरीबाट प्रकाशित हुदैँ आएको ‘द पब्लिक टुडे’ राष्ट्रिय दैनिकका उपसम्पादक समेत रहेका पत्रकार महतो अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका महोत्तरी समाचारदाता हुन् । उनलाई अहिले अन्नपूर्ण पोस्ट प्रदेश २ को व्युरो कार्यालय जनकपुरमा समेत जिम्मेबारी दिइएको छ ।

अन्नपूर्ण पोस्टको १७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार महतोसहित चार उत्कृष्ट पत्रकार तथा कर्मचारी पुरस्कृत भएका छन ्। पुरस्कृत चारै जनालाई थाइल्यान्ड भ्रमणको प्याकेज प्रदान गरिएको छ । पुरस्कृत सबै जनालाई थाइल्यान्ड भ्रमणको टिकट दिइएको छ ।

अन्याय अत्याचार, शोषण, दमन एवं उत्पीडन विरुद्ध खरो कलम चलाउने पत्रकार महतो बर्दिबासको धुर्मुस सुन्तली फाण्डेशनले बनाएको एकीककृत नमुना वस्ती निर्माण गर्न पनि ठुलो भूमिका खेलेका थिए ।

यसअघि अन्नपूर्ण पोस्टको १५ औं बार्षिकोत्सवमा पनि धुर्मुश–सुन्तली फाउन्डेशनद्वारा निर्मित एकीकृत नमुना मुसहर बस्ती बर्दिवास महोत्तरीको समाचार लेखेर प्रोमोशन गरेवापत पत्रकार महतो प्रमोशन एवार्ड(मोटिभेशन एवार्ड) वाट सम्मानित भएका थिए ।