मलंगवा, बैशाख २१ – सर्लाहीको हरिवनमा सवारी दुर्घटनामा परी एक किशोर घाईते भएका छन् । शनिवार दिउँसो साँढे १ बजेको समयमा हरिवन ११ स्थित गन्हाउने पुल नजिक पूर्व पश्चिम लोकमार्गमा लु२ त ७३९१ नम्बरको ट्याक्टरलाई ना५ख २१११ नम्बरको यात्रुवाहक वसले ठक्कर दिएपछि ट्याक्टरले साईकललाई ठक्कर दिँदा हरिवन नगरपालिका १ अत्रौलीका दुखा महतोका १६ वर्षीय छोरा अजय महतो घाइते भएका हुन् ।
घाइते महतोको खुट्टा र टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घाईते महतोलाई हरिवन स्थित नमूना अस्पतालमा समान्य उपचार पछि थप उपचारको लागि हेटौंडा रिफर गरिएको छ भने घट्नामा संलग्न बस, ट्याक्टर, त्यसका चालक र साईकल प्रहरी नियन्त्रणमा रहेको छ ।
यस्तै जिल्लाकै दक्षिणी क्षेत्र बसबरियामा गाउँपालिकामा विआर३०एन १३५२ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकललाई ज१च ४७०२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एक युवक घाइते भएका छन् । हिरापुरबाट सिसौटतर्फ जाँदै गरेका चक्रघट्टा गाउँपालिका ३ खोरिया बस्ने २४ वर्षीय राज यादवले चलाएको ट्याक्टरले बरहथवा नगरपालिका ६ वस्ने ४० वर्र्षीय अर्जुन श्रेष्ठले चलाएको मोटरसाईकललाइ ठक्कर दिँदा श्रेष्ठ सहित गोडैता नगरपालिका १० वस्ने आशिष श्रेष्ठ र्घाते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मोटरसाईकललाई ठक्कर दिने ट्याक्टर, मोटरसाइकल र ट्याक्टरका चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घाइते दुवै जनाको बरहथवा स्थित संजीवनी हस्पिटलमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिए ।