फोरमका नेता वडा अध्यक्षबाट कुटिए


राजकरण महतो, जनकपुरधाम
संघीय समाजवादी फोरम नेपालका नेता राजकिशोर महतो वडा अध्यक्षबाट कुटिएका छन् । प्रदेश २ बाट प्रदेश सांसदको उमेदवार बनेका महतो धनुषाको बटेश्वर गाउँपालिका –३ का वडाध्यक्ष हिरालाल महतोबाट कुटिका प्रत्यक्षदर्शी गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले जनाएका छन् । धनुषा ४ (ख) बाट उनी प्रत्याशी बनेका थिए । .

https://www.facebook.com/thepublictoday/

प्रदेश सरकारले गाउँपालिकामा पठाएको ५० लाख शसर्त अनुदान तर्फको बजेटको बिषयमा भनाभन हुँदा कुटाकुट भएको हो । गाउँमा विकासको लागि प्रदेश सरकारले पठाएको बजेटबाट फोरमका नेता महतो कवीर मन्दिर निर्माण गराउने पक्षमा छन् । उनले प्रदेश सरकारको योजनामा भनसुन गरेर कवीर मन्दिर निर्माणको शीर्षकमा बजेट खर्चिने उल्लेख गराएको गाउँपालिका अध्यक्ष राउतले बताए । ‘स्थानीय सरकारले प्रथामिकीकरण गरेको शीर्षकमा प्रदेश सरकारले बजेट कार्यान्वय गराउनु पर्छ,’गाउँपालिका अध्यक्ष भन्छन् ।

वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष र स्थानीय बीच वडा कार्यालयमा गाउँमा सडक विस्तारको लागि छलफल चलिरहेको थियो । त्यसैबीचमा पुगेका फोरमका नेता महतोले प्रदेश सरकारको बजेटबारे कुरा झिकेका थिए । चुनाव ताका आफुले कवीर मन्दिर बनाउने स्थानीयलाई बचन दिएकोले फोरम नेताले बताए ।
गाउँपालिका अध्यक्षले यहाँ कृषी क्षेत्र भएकोले किसानहरुलाई सिचाईको लागि दुई बोरिङ्ग निर्माण पहिला गर्नु पर्छ । फुर्सदमा भजनकृतनलाई प्राथमिकता दिनु पर्छ ।
त्यसपछी फोरमका नेता र वडा अध्यक्षबीच चर्को भनाभन हुन थाल्यो । प्रत्यक्षदर्शी गाउँपालिका अध्यक्ष राउत भन्छन्,‘फोरमका नेता राजकिशोर जीले हाम्रो वडा अध्यक्ष हिरालाल जीसंग सिनाजोरी गर्दै धक्लिदिए । ’ आफ्नो हैसियतामा फोरम नेताले धव्वा बोल्न आएपछी आवेगमा आएका वडा अध्यक्षले उनलाई गालामा छापड लगाएको गाउँपालिका अध्यक्ष बताउँछन् ।
झापड खाएपछी फोरम नेता महतोले वडाअध्यक्षमाथि ईट्टा प्रहार गरेका थिए । ईट्टाले वडाअध्यक्षको हातमा चोट लागेको छ । धक्लाधक्लीमा वडा अध्यक्षको वडा कार्यालयको छतको पिलरको रडले खुट्टा काटिएको छ ।
वडा अध्यक्ष र फोरम नेता छिमेकी हुन् ।
वडा अध्यक्षसंगै गाउँपालिका अध्यक्ष दुवै मिलेर आफुलाई कुटेको पीडित फोरमका नेताको दावी छ ।

‘हरुवा नेता, बजेट बाँडफाँड गर्ने को भन्दै गाउँपालिका अध्यक्षले भन्नसभयो,’ ‘उनले भने,‘वडा अध्यक्षले चोरफटहा भन्नुभयो । तथानाम गालीबैज्जती गर्नुभयो ।’ त्यसपछी मलाई गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले मिलेर कुटेको उनको भनाइ छ ।
प्रदेश सरकारको बजेटमा सत्य श्री कवीर आश्रम तथा धर्मशाला र वडा नम्बर – २ स्थित मावि बटेश्वरमा चार कोठे भवन निर्माणको लागि २५–२५ लाखको योजना परेको छ । ‘ प्रदेश सरकारले मलाई सोंधेपछी दुई टा योजनाको नाममा बजेट छुटियायो,’पीडित फोरमका नेता भन्छन्,‘बजेट फ्रीज गराइदिने भनेपछी विवाद भयो ।’ बजेट कार्यान्यवनमा आफ्नो कुनै स्वार्थ नरहेको उनले जनाए ।
‘वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष विरुद्ध प्रहरीमा उजुरी हाल्छौं,’उनले भने ।
यता गाउँपालिका अध्यक्ष डम्बबहादुर राउतले आफुले झगडा छुटाएको बताएका छन् । ‘ ५– ६ जना थियौं । उनीहरुलाई सोधेपनि भइगोनी कसले कुट्यो भनेर,’उनले भने ।

Scroll to Top