विराटनगर, बैशाख २२ गते । प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर हुने भएको छ । उक्त प्रदेशको राजधानी विराटनगर राख्नेगरी प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ । यसअघि आइतबार बसेको सर्वदलीय बैठकमा प्रदेश राजधानी विराटनग राख्ने विषयमा छलफल भएको थियो ।

त्यसलगत्तै बसेको नेकपाको संसदीय दलको बैठकमा प्रस्तावमा छलफल गरी संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । संसदमा काँग्रेसले पनि राजधानी विराटनगरनै राख्ने प्रस्ताव गरेको थियो । प्रदेशको नामाकरणको बारेमा भने सहमति जुट्न सकेको छैन ।
राजधानीका संरचना भने इटहरिमा समेत रहने भएका छन् । प्रदेशको राजधानी प्रदेशसभाको २ तिहाई बहुमतले अनुमोदन गर्ने व्यवस्था रहेको छ । साभार : थाहा खबर