• The Public Today
  • राजपालाई एकतामा आउन उपेन्द्र यादवको आग्रह


    काठमाडौं, बैशाख २३ गते । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाललाई एकतामा आउन आग्रह गरेका छन् ।

    नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालको एकीकरणपछि बनेको समाजवादी पार्टीको घोषणा कार्यक्रममा उनले अब सानो सानो पसल थाप्ने समय नभएको भन्दै एकतावद्ध हुन आग्रह गरेका हुन् । ‘हामी आहृवान गर्छौं राजपा लगायतका पार्टीलाई, आउनुस् परिवर्तनको दिशामा अघि बढौं’ उनले भने ।

    दुई पार्टीको एकता अगाडि पनि राजपालाई नेताहरुले एकताका लागि प्रस्ताव गरेका थिए ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस