राजकरण महतो, बैशाख २६ गते ।
जनकपुरधामको संकट मोचन मन्दिर पछाडीको तेस्रा तल्लामा बिहान चिया खाँदैं थिए । मंगलबार बिहान ८ बजे तिर होला ढल्केबरका भाई बिजयले साथी रामनारायणलाई फोन गरेर भनेछ,‘हिजो साँझ हराएको बच्चा मारेर फालिदिएको छ ।
म रामनारायण र बिजय भाइ बीचको सम्बाद कान थापेर सुनिरहेको थिए । धनुषाको ढल्केवरका आढाई बर्षीय बच्चा आर्यन साह हराएको मैले सोमबार साँझानैे थाहा पाएको थिएँ । बालक कहि खेल्दै छिमेकीको घरमा गएको होला भनेर सोंचेको थिए । तर, त्यो सोंच मेरा बिजय भाई र रामनारायण जीको टेलिफोन सम्बादले गलत साबित गरिदियो । बलकको हत्याले म गम्भिर भए ।
रामनारायण जी लाई लिएर मोटरसाइकलमा म जनकपुरबाट ढल्केबरतिर लागे । तीस मिनेटमा पुगे । ढल्केबर चोक नजिकै ती बच्चाको हत्या गरेर शव घर नजिकैको बगैंचामा फलिएको थियो । घटनापछी जिल्लाबाट एसपी शेखर खनाल आफै पुगेका थिए ।
बच्चाको हत्याले पीडित परिवारमा कन्ना रोहट भइरेहको थियो । गाउँ शोकमा डुबेको थियो । हत्याराको प्रमाण संकलन गर्न प्रहरी व्यस्त थिए । उखुबारी, आँप बगैंचा, घारी–घारीमा प्रहरी र गाउँलहरु सर्चमा खटिएका थिए ।
भिड छिचोल्दैं म ‘सर,मेरो राजाबाबु कहिले भेट्छ,’ भक्कानिदैं रेनु साहले मसंग भनिन्, उनको प्रश्नमा म अकमकिए, नजवाफ भए । उनको छोरो मरिसकेको मैले फोनमा सुनेका थिए । तर, गएपछी आफ्नै आँखाले देखेको थिए । मन कठोर पार्दै मैले छलगदै उनलाई भने, ‘न रुनुस्, हजुरको छोरो ऊ बाहिर साथीहरुसंग खेल्दैछ, हजुरको छोरो पक्कै आउँछ ।’ त्यो समयमा उनको शान्तवनाको लागि मैले झुटो बोले । झुटो बोल्नु हुदैंन । तर, मैले रेनुसंग बोले । उनले पक्के पनि छोरो आर्यनको मृत्यु भएको थाहा पाइसकेकी होलीन । तर, उहाँसंग म त्यो क्षणमा छोरो आउँछ भनेर ढाँटे । ‘म रेनु दिदीसंग दश औंला जोडर माफी माग्छु, मैले तपाइलाई छोरो खेल्दैंछ, आउँछ भनेर,’ तोते बोलीमा उनका छोरो आर्यनले आमा भन्न सिक्दै गरेका थिए । उनको पापीहरुले अपहरणपछी घाँटी रेटी हत्या गरिदिएको छ ।
पुत्र शोकमा डुबेकी उनकोे चित्तबुझाउन मुटुमाथि मैले पथ्थर राखेर ढाँटे । उनको आगनमा पुग्ने सबैको आँखा रसाएको थियो । ‘बच्चा भनेको भग्वानको अर्को रुप हो, उनले कसको के बिगारेको थियो,’भन्दै उनका इष्टमित्र, गाउँलेले मन दुःखाइरेका थिए ।
‘मेरो राजाबाबु मलाई छोडेर कहाँ गयो,’३५ बर्षीय रेनु एकहरो काँखे छोरो आर्यन खोज्दै चिच्याइचिच्याई रोइरहेकी थिइन् । उनलाई आफ्न्त जनहरुले मन बुझाइरहेका थिए । उनको १२ बर्षीय छोरी अर्चना आमालाई भन्दैं थिइन्, ‘मेरो भाई आगनमा खेल्दैंछ । एक छिनपछि आउँछ ।’आमालाई सम्झाउँदै गर्दा अर्चानाको आँखाबाट पनि तपतप आँसु खसिरहेको थियो ।
रेनुको दुधबालक अब कहिले आगनबाट नफर्किने गरि कालको मुखमा परिसकेका छन् । सोमबार साँझ उनको गाउँबाटै अपहरण गरि घाँटी रेटी हत्या गरेर बगैंचामा फालेको अवस्थामा मंगलबार घरपछी भेटिएको थियो । फुल्नै नपाई कोपिलैमा आर्यनको जीवन निमोठियो ।
छोराले ‘माई(आमा)’भनेर बोलाउने तोते बोली रेनुको मान्सपटलमान अझै ताजै छ । उनको एक मात्रै छोरो थियो । ‘मेरो छोरो काँखामा राखि देउ । एक पटक छोरोलाई देखाइदेउ,’ पापीहरुले बाबुको हत्या कसरी गरेको होला सम्झिदैं उनी बेहोस् भइन् ।
रेनुको छोरा उनको काँखमा अब कहिले फर्किने छैनन् । पापीहरुले उनको जीवन लिला घाँटी रेटेर समाप्त पारिदिएका छन् । दुई छोरी पछी तेस्रो सन्तानको रुपमा उनको छोरा आर्यन पाएकी थिइन् ।
मृतकका वुवा शम्भू साह बैदेशिक रोजगारीको क्रममा मलेसियामा छन् । छोराको हत्याको खबरले शम्भू विरानोभूमीमा मुर्छापरेका छन् । उनी काँखे छोरो सम्झिएर छिन छिनमा बेहोस भइरहेकी छिन् । रेनुलाई छोरो मृत्यु भएको पत्यार लागेकै छैन । रेनुका छोरोको हत्याले भावविह्वल भएकी छिन् ।
‘समाजमा सुरक्षित भइन्छ भन्ने आत्म विश्वास उठेको छ,’मृतक आर्यनका काका सञ्जय साहले भने,‘समाजमा आजभोली के भइरहेको बुझ्न सकिएन ।’ अबोध बालकको हत्याले ढल्केबर शोकमा डुबेको छ । मंगलबार गाउँलेहरुको चुलोमा आगो बलेन । समाजमा बढ्दैं गरेको असुरक्षाले स्थानीयहरु होस्हवास् उडेको छ ।
सोमबार छोरो आर्यनलाई कचौरामा दालभात खुवाएर छोरीहरुलाई भाई हेर्न भन्दै उनी घाँस काट्न खेततिर गएकी थिइन् । गाउँका बच्चाहरुसंग छिमेकमै खेलिरहेका आर्यनको साँझ साँढे पाँच बजे अपराधीहरुले अपहरण गरेर वेपत्ता बनाएका थिए । भोलिपल्ट उनको शव भेटिएको थियो ।छोरोलाई दातभात खुवाएर को क्षण रेनुको आर्यनसंगको अन्तिम भेट रह्यो ।यो क्षणले उनलाई सताइरहनेछ । पुत्रवियोगका पीडाले उनलाई जीवनभर सताउने छन् ।