• The Public Today
  • डाक्टरले गरे मोडल एवं नायिकाको बलात्कार


    बैशाख २७, मुम्बईमा एक ५५ वर्षीय डाक्टरलाई २१ वर्षे मोडललाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ ।

    पुलिसका अनुसार मोडलको एक सिरियलमा काम गर्नेबेला डाक्टरसँग चिनजान भएको थियो ।

    मिडिया रिपोर्ट अनुसार पीडित मोडललाई उनका एक साथीले डाक्टरबारे जानकारी दिएका थिए । त्यसपछि मोडल आरोपी डाक्टरलाई उपचारको सिलसिलामा भेट्न गइन्, त्यसपछि उनीहरुबीच दोस्ती भयो ।

    अनुसन्धान र सोधपुछ जारीः

    पुलिसका अनुसार डाक्टरले वर्सोवामा मोडललाई एउटा घर पनि दिएका थिए । अनुसन्धानको क्रममा डाक्टरले मोडलको अकाउन्टमा केही पैसा पनि पठाएको पत्ता लागेको छ । यस्तै, पीडितको आरोप अनुसार डाक्टरले उनका केही आपत्तिजनक तस्बिर खिचेका थिए । त्यही फोटोको आडमा डाक्टरले आफूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप लगाइन् ।

    यस्तै पुलिसका अनुसार बलात्कारपछि डाक्टरले पीडितलाई यसबारे कसैलाई पनि नभन्न दबाब दिएका थिए ।  यसबारे कसैलाई जानकारी दिए तस्बिर भाइरल गरिदिने धम्की डाक्टरले  दिने गरेको उनले बताइन् ।

    यसबारे गत हप्ता उजुरी दिइएको थियो । पुलिसले यसबारे अनुसन्धान थालिएको जानकारी दिएका छन् ।  एजेन्सी


    क्याटेगोरी : विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस