सप्तरी, बैशाख २७ : कक्षा १२ को परीक्षामा मोबाइल एप ‘इमो’ मार्फत् चिट चोर्ने तीन विद्यार्थीमाथि प्रहरीले मुद्दा चलाएको छ।
पक्राउ गरिएका दिपेश सरदार, रामप्रसाद हुमागाईँ र रञ्जितकुमार मण्डलविरुद्ध जिल्ला अदालतबाट ‘परीक्षामा मर्यादाविपरीतको कसुर’मा बुधबार म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा वैशाख १५ देखि सञ्चालित कक्षा १२ को मंगलबारको गणित विषयको परीक्षामा तीन जनालाई सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय मावि परीक्षा केन्द्रबाट पक्राउ गएिको हो।
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोली र कन्द्राध्यक्षसहितको टोलीले अनुगमन तथा जाँचको क्रममा सिम्बल नम्बर २१५०१२३१ रहेका सरदार, २१५०१२३२ का हुमागाईँ र २१५०१२३३ का मण्डललाई इमोबाट चित चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।
प्रहरीका अनुसार परीक्षार्थी सरदारले मोबाइलको इन्टरनेट डाटा खुला राखेर इमोमार्फत् गणित विषयको प्रश्नपत्र पठाएर त्यसको उत्तर प्राप्त भएपछि तीन जनाले चोरी गरिरहेका थिए।