गौशाला, वैशाख २७ गते । राष्ट्रिय जनमोर्चाले नवगठित समाजवादी पार्टी नेपालले राखेको संविधान संशोधनका मागप्रति आपत्ति जनाएको छ ।
सो पार्टीका उपाध्यक्ष दुर्गा पौडेलले एक विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीले संविधनका कयौ प्रवाधान संशोधनका लागि अगाडि सारेका मागका साथै पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको प्रणाली अपनाउनु पर्ने तथा देशमा एघार प्रदेशहरू बनाउनुपर्ने मागलाई गलत भन्दै विरोध गरेकी छन् ।
जनमोर्चाले वर्तमान संविधानमा भएको सङ्घीय प्रणालीलाई पूरै खारेज गर्नुपर्ने माग अघि सार्दै आएको छ ।
उसले उपयुक्त समयमा संविधानमा त्यसअनुसार संशोधनका लागि प्रस्ताव दर्ता गराउने समेत जनमोर्चाले जनाएको छ ।