महोत्तरी, वैशाख २७ गते ।
संसदमा शिक्षक दरबन्दी मिलान विधेयक पेश भएकोले चाँडै नै शिक्षालयमा रहेको शिक्षकहरुको अभावको अन्त्य हुने शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेलले बताएका छन् ।
शुक्रवार महोत्तरी वर्दिवास नगरपालिका खयरमारामा आयोजित निर्मल लामाको स्मृति दिवसको अवसरमा आयोजित एक समारोहमा मन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।
शिक्षक दरवन्दी मिलान विधेयेक राष्टियसभामा पेश भईसकेकोले सो पारित हुनेमा मन्त्री पोखरेल विश्वस्त रहेको बता । एक अर्को प्रसंगमा मन्त्री पोखरेलले निर्मला लामाको योगदान समाजमा अविस्मरणीय रहेकोले उनकै नाममा प्रदेश नं। २ स्तरीय प्राविधीक कलेज खयरामारामा निर्माण गर्ने प्रक्रिया अघि बढिसकेकोे स्पष्ट पारे ।
त्यस्तै आजै विहान महोत्तरीको गौशालामा आयोजित सटर भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले वर्तमान समयसापेक्ष शिक्षामा सुधार एवम गुणस्तरीयता प्रदान गर्नका लागि शिक्षकहरुमा आग्रह गरेका छन् । विद्यार्थीको गुुणस्तरलाई कहिकतै कसैसँग सम्झौता हुन नसक्ने जिकिर गर्दै मन्त्री पोखरेलले शिक्षालाई सिप, र समग्र विवेकसँग गाँस्नुपर्नेमा जोड दिए ।
मन्त्री पोखरेलले विद्यालयमा रहेको कमजोर विद्यार्थी पता लगाई निजको अभिभावकसँग छलफल गरि विद्यार्थीलाई अपडेट गर्नुपर्ने सुझाव समेत उनले दिए । कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा निर्माण हुने सटरलाई दुरुपयोग हुन नदिनका लागि विद्यालय व्यवस्थापन समितीसँग आग्रह गरेका छन् ।
कार्यक्रममा गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले यहाँका शिक्षामा गुणस्तरीय प्रदान गर्नका लागि समयमै भौतिक, पूर्वाधार एवम शिक्षक व्यवस्थापन गर्नका लागि मन्त्री समक्ष आग्रह गरेका थिए ।
यहाँको शैक्षिक गतिविधीमा निजी विद्यालयको अहम भुमिका रहेको चर्चा गर्दै नगरप्रमुख महतोले यहाँका दर्तावाला विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि अभिभावकहरुमा आग्रह गरे ।
४२ लाखको लागतमा निर्माण हुने ७ कोठे सटरको निर्माण कार्य अगामी ५ महिनाभित्रमा सम्पन्न हुने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमकुमार श्रेष्ठले जानकारी दिए ।