गौशाला, वैशाख २८ गते । प्रदेश–२ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशका सबै तथ्यांक राख्न प्रदेश सरकारलाई सुझाव दिएका छन्।
प्रदेश–२ सरकार र निजी क्षेत्र सल्लाहकार समितिको वीरगन्जमा बसेको बैठकमा कायस्थले रोजगार, बेरोजगार, स्वास्थ्य, शिक्षा, उद्योग कलकारखाना सबैको वास्तविक तथ्यांक राख्न प्रदेश सरकारलाई सुझाव दिएका हुन्।
उनले वास्तविक तथ्यांक संकलन गरी विभिन्न कार्यक्रमहरू नीति निर्माणका लागि तयार पार्न र नीति निर्माण तयार गरी विकासका कुन-कुन पक्षलाई कसरी कार्यान्वयन गर्दै लैजाने विषयमा निर्णय गरी प्रदेशमा विकासका कार्यलाई अघि बढाउन सुझाए।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ भित्र उद्योग तथा कलकारखाना सञ्चालन गर्न चाहनेलाई ‘लिज’मा जग्गा उपलब्ध गराई २० वर्षसम्म कर निःशुल्क गरिने स्पष्ट पारे।
भौतिक तथा पूर्वाधारमन्त्री जितेन्द्र सोनलले उद्योगधन्दा र कलकारखाना सञ्चालन एवम् व्यवस्थापनमा संघीय सरकारबाट कुनै किसिमको सहयोग प्राप्त हुन नसकेको भन्दै गुनासो गरे।