निर्दयी पापी पती : जसले पत्नीको शरिरमा पेट्रोल छर्केर जलाए

राजकरण महतो
जनकपुरधाम, वैशाख २८ गते ।
एकचुटकी सुन्दुरले सजिएको थियो, २० वर्षीय निर्माला यादवको सिउँदो । उनको सिउँदो २४ वर्षीय मुकेश यादवले एक वर्ष अघि सजाएका थिए । एकअर्काले संगै बाँच्ने मर्ने बाचाबन्धन गरेका थिए । आज यो दुनियाँमा निर्माला छैनन् ।

उनको जीवनलिला माटोमा मिलिसकेको छ । माटोमा मिलाउने अरु कोही होइन्, उनै पापी श्रीमान मुकेश हुन् । भाउजुसंग श्रीमान्ले राखेको अवैध यौन सम्बन्धको विरोध गर्दा मुकेशले निर्मालालाई आगो लगाई निर्मम हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जनाए ।

गत वैशाख ५ गते पेट्रोल छर्की सलाई कोरेर धनुषाको शहिदनगर–१ का मुकेशले श्रीमति निर्मालाको शरिरमा आगो सल्काएका थिए । उनको पुरै शरिर जल्यो । उपचारार्थ बेडमा छट्पटाइरहेकी निर्मालाले गत वैशाख १६ गते यो संसार छाडेर गइन् । श्रीमतिलाई आगो लगाएर भागिभागि हिड्ने मुकेश अन्तः प्रहरी फन्दामा परेका छन् ।

त्यसपछि निर्माण हत्याको नालीबेली खुलेको छ । उनलाई प्रहरीले सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गया चौकीबाट प्रहरी पक्राउ गरेको हो । भाउजुसंगको अनैतिक सम्बन्धको कारण निर्मालाको हत्या गरेको उनले स्वीकार गरेका छन् । प्रहरीले उनको बयानको आधारमा घटनाका मतियार उनका भाउजु श्यामा देवी यादवलाई पनि पक्रेको छ ।

देवर र भाउजुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । भाउजु श्यामा देवी यादवसंग मुकेशको यौनसम्बन्ध थियो । उनका दाई वैदेशिक रोजगारीमा थिए । उनको दाई चार महिना अघि घर फर्किएका थिए । एक वर्ष अघि मुकेशले निर्मालासंग धुमधामसंग विवाह गरेका थिए ।

विहे पश्चात पनि भाउजुसंग पुरानै यौन सम्बन्ध कायम राखेपछि मुकेश र निर्मालाबीच खटपट सुरु भएको थियो । भाउजुसंग मुकेशलाई ओछ्यानै निर्मालाले देखेपछि त्यस यताका दिनमा उनीहरु बीच विवाद भइरहेको थियो । गत बैशाख ५ गते पनि निर्माला र मुकेश बीच उनको भाउजुसंगको अबैध सम्बन्धकै कारण विवाद भयो ।

आक्रोशमा आएका उनले निर्मलाको घरमा र हेको लुगाफाटो जलाउन पेट्रोल लिन घर अगाडीको पसलमा गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यहाँ उनको भाउजुले लुगाफाटो मात्र कहाँ जलाउने, उनको शरिरमै आगो लगाएर जलाउन मुकेशलाई उस्काए ।

उनले पेट्रोल लगेर श्रीमति निर्मलाको शरिरमा खन्याए सलाई कोरेर आगो सल्काएको प्रहरीले जनाएको छ । देवर र भाउजु दुवैमाथि कर्तव्य ज्यान मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गरी कार्वाही र अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जनाए ।

Scroll to Top