जानकी जन्माेत्सवमा राष्ट्रपति भण्डारीद्वारा जानकी मन्दिरमा पूजाअर्चना (फोटोफिचर)

 

द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, बैशाख ३० गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा दर्शन गरेकी छन् । जानकी नवमी महामहोत्सवको अवसरमा राष्ट्रपति भण्डारीले जनकपुरधामको जानकी मन्दिरमा पूजा, आरती र अवलोकन गरेकी हुन् ।

जानकी नवमीको अवसरमा जानकी मन्दिरमा आयोजित समारोहमा सहभागी हुन जनकपुरधाम आइपुगेकी राष्ट्रपति भण्डारीले प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको खुलेरै प्रशंसा गरेकी छन् । जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘यो अभियान सही ढँगले अगाडि बढिरहेकाले प्रशंसा गर्न चाहन्छु ।’

यो अभियानलाई सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटोको संज्ञा समेत दिइन् । उनले कतिपय सामाजिक विकृति र विसंगति विद्यमान रहेको भन्दैे चिन्ता व्यक्त गरिन् । ‘यो चिन्ताको बिषय हो’ उनले भनिन्,’यसको अन्त्यका लागि हामी सबै कृयाशील व्यक्तिलाई अगाडि आउनु जरुरी छ ।’

उनले जनकपुरधाम मिथिलाकला र कालिगढी विश्वकै विश्ख्यात जानकी मन्दिर विश्वकै एउटा उत्कृष्ट नमुना भएको बताइन् । उनले जानकी मन्दिर जस्तो नौलखा मन्दिरले समेत परिचित सुप्रपसिद्ध जानकी महोत्सवले नेपालको समाजिक, सांस्कृतिक, राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ बनाउने विश्वास समेत व्यक्ति गरिन् ।

‘हाम्रो संस्कृति र परम्पराको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो। र यो हामी हाम्रो पुर्खाहरूले सुम्पिएको दायित्व पनि हो’, राष्ट्रपतिले भनिन्, ‘त्यसैले यस्ता महत्वपूर्ण चाडवाड तथा रितिसंस्कृतिले नाता र कुटुम्बको प्रगाढतामा अझ मजबुद आउने मैले विश्वास लिएको छु।’

तराई मधेस कृषि क्षेत्र भएपनि उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखद भएको उनले बताइन् । राष्ट्रपति भण्डारीले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम र स्थानीय श्रोत र साधनको भरपूर उपयोग गरेर आर्थिक समृद्विमा लाग्न सबैसँग आग्रह गरिन् ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीलाई संघीय सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने धारणा राखे । प्रदेश सरकारले प्रादेशिक रुपमा मनाउँदै सोमबार विदासमेत दिएको छ । जानकी मन्दिरलाई संघीय सरकारले आफ्नो नजरबाट टाढा राखेको उनको गुनासो छ ।


Scroll to Top