दानवीर नरहरी गौतम(अन्तर्वाता)

मरेर लानु के छ ? कुनै मानव धर्मका काम गर्न सकेनौं भने हामीले अर्बौ कमाएको केही पनि काम छैन् । भोली जाँदा नाङ्गै जान्छौ । हामी मानव हौं, जीउदैं केहि गर्नुपर्छ भन्ने मेरो विचार आएर बुढेसकालमा पनि दान गर्न मलाई ईच्छा लाग्छ ।

नरहरी गौतम
बर्दिवास, महोत्तरी

छोटा कद । फुर्तिला शरिर । छाला च्याउरी अनुहार । ७७ बर्ष पुगे उमेर । मुज्जा परेको चम्किलो अनुहार । समाजमा केही गरु भन्ने महान इच्छा शक्ति । हो, तपाईहरुलाई जानकारी गराउँदै छौं, समाजसेवी नरहरी गौतमको बारेमा । मनकारी नरहरी महोत्तरीको बर्दिबास क्षेत्रका सबै साँझा व्यक्ति हुन् । समाजमा सहयोगी हात बढाएर सबैका प्रिय पात्र बन्न सफल भएका छन् । मठमन्दिर, विद्यालय, समाजिक कार्यमा उनले आफुले सक्दो सहयोग गर्दै आएका हुन् । उनीसंग सहयोगी माग्न जानेहरुलाई कहिले खाली हात पठाउँदैनन् । सकेको आर्थिक तथा जिन्सी सहयोग गर्छन् । मरेर केही लाने होइन्, बाँचुनजेल समाजको लागि सक्दो दान गर्नु पर्छ भन्ने मानवतावादी भावना उनमा ओतप्रोत छ । उनले शनिबारका मात्रै पंचधुरा माईस्थान मन्दिरको पर्खाल निर्माणार्थ रु. ५१ हजार दान गरेका छन् ।उनीले हाल सम्मा विभिन्न समाजिक काममा चार करोंड बढी दान गरिसकेका छन् । उनै दानवीर नहरहरी गौतमका मनका कुरा सार्वजनिक गर्न उहाँसंग गरिएको संक्षिप्त कुराकानीको अंश प्रस्तुत छ ।

? नरहरी जी तपाई यो बुढेसकालमा पनि समाजसेवमा निकै अग्रसर हुनुहुन्छ, किन ?
– हामी पहिला धेरै दुःख गरेका मान्छे हौं । सम्पत्ति पनि थिएन । कमाउँदै गइयो । जोडदै गइयो । अहिले हामीलाई एक छाँक खान र केहि गर्न हामीलाई कुनै दुःख छैन् ।
अनि हामीले अलि अलि कमाएको बेलामा यसो समाजमा दान गरेनौं कुनै मठ–मन्दिर या कुनै विद्यार्थी अनपढ विद्यार्थीलाई पढाउन सकेनौं, यस्तो कुनै मानव धर्मका काम गर्न सकेनौं भने हामीले अर्बौ कमाएको के पनि काम छैन् । भोली हामी जाँदा नाङ्गै जान्छौ । हामी मानव हौं, हामीले जीउदैं केहि गर्नुपर्छ भन्ने मेरो विचार आएर बुढेसकालमा पनि मलाई दान गर्ने ईच्छा लाग्छ । तर, आफूले गरे अनुसार अरु समाजमा त्यती गरे जस्तो मलाई लाग्दैन ।

? समाजमा किन यो अवस्था आयो ?
– पहिले मान्छेहरु अरुलाई सहयोग गर्नु पर्छ भन्ने भावनाले जीवन चलाउँथें । अहिलेका मानिसहरु अरुसंग मतलब राख्दैं । समाजमा एक जनाले गर्दा अरुले पनि गर्लान की, देश सुध्रएिला की, देश उज्यालो होला की भन्ने हिसाबले चाँही मेरो विचार आएर म गर्दैछु । मैले धेरै ठाउँमा सबै देखायो भने समाजिक काममा चार करोड भन्दा बढि लगानी छ । कहाँ –कहाँ के गरिस् भनेर कसैले सोध्यो भने म सबै देखाईदिन्छु ।

? यो आँट, भरोसा, आशा कहाँबाट पलाउँछ तपाइलाई ?
– त्यो सबै भगवानले दिने हो । जति हामी दान गर्छौ, त्यती हामीलाई आउँछ ।

? अहिलेसम्म चारकरोड लगानी गरिसकेको भन्नुहुन्छ, के–केमा दान गर्नुभयो ?
– मैले अस्पताललाई जग्गा दान गरेकोे छु । वनलाई पनि जग्गा दिएको छु । यता रातु आर्यघाटमा पनि मेरो ५–७ लाख लगानी भइसक्यो । मठमन्दिरमा पनि लगानी भईरहेको छ मेरो । यो सबै मैले हिसाब किताब जोड्दा चारकरोडभन्दा माथि जान्छ । त्यती मैले दान गरिसके छु । र बाँचे २–४ वर्षमा अझैँ केहि गर्ने मेरो विचार छ ।

? समाजमा तपाइको अब के गर्ने सपना छ ?
– मुख्यत हाम्रो बर्दिबासस्थि रातु आर्यघाट हो । त्यहाँ मैले लगानी गर्न लागेको ५–६ वर्ष भयो । सबभन्दा अगाडी त त्यो एउटा आर्यघाट बनाउनु छ । अनि यो माईस्थान घुमेर पनि हेरिसके । त्यहाँ वृद्धाआश्रम बन्छ, बन्छ भन्छ तर बनेको छैन । त्यहाँ एउटा वृद्धाआश्रम तयारी गर्नुपर्ने छ । यस्ता –यस्ता कामहरु धेरै छन् । र सकुनजेल गर्ने विचार छ अहिले ।

? अहिलेको युवापुस्तालाई के भन्नुहुन्छ तपाई ?
– अहिलेका युवा पुस्ताले पनि यसैगरी सिक्दै जाउँन, काम गर्दै जाउँन । हामीले जति दान गर्छौ, त्यती हामीलाई भगवानले दिन्छ । मुठी हामीले कसेर बस्यो भने मेरेर केही लान सकिदैन । बाँचुन जेल मनले समाज रुपान्तरणमा सहयोग गरौं भन्ने केरो भनाई हो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २ गते बिहिवार