• The Public Today
  • जिल्ला अदालत बार एकाइको अध्यक्षमा साह निर्वाचित


    राजविराज, जेष्ठ ४ गते । सप्तरी जिल्ला अदालत बार एकाइको अध्यक्षमा अधिवक्ता डोमन साहको प्यानल विजयी भएको छ । निर्वाचनको मत परिणामअनुसार प्रगतिशील, पेशागत, मधेशी आदिवासी, जनजाति तथा समावेशी समूहबाट उनीसहित प्यानलै निर्वाचित भएको निर्वाचन अधिकृत दुर्गानन्द चौधरीले बताए ।

    अध्यक्षमा साहले ५१ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी अधिवक्ता महेश्वर साहले ३२ मत प्राप्त गरे । 

    समितिको उपाध्यक्षमा महेन्द्रप्रसाद देव, सचिवमा ओमप्रकाश यादव र कोषाध्यक्षमा शङ्करकुमार मिश्र विजयी भए । सदस्यमा रामनरेश दास, शम्भुकुमार यादव, इन्द्रकान्त चौधरी, सुरेशकुमार सिंह र शिवनारायण यादव विजयी भएका छन् ।

    यसैगरी सोही प्यानलबाट केन्द्रीय पार्षद्मा केशरलाल खङ्ग, कर्मचन्द चौधरी, उमेशनाथ शरण र वीरबहादुर कडारी (सागरवीर कडारी) विजयी भए । स्वतन्त्र पेशागत कानून व्यवसायी समूहबाट केन्द्रीय पार्षदमा अधिवक्ता कमलकुमार यादव विजयी भएका छन् । 

    गत वैशाख २० गते उम्मेदवारी दर्ता भएकै दिन सोही समूहबाट सहसचिवमा रञ्जिता रिजाल र महिला सदस्यमा ममता चौधरी निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ । रासस


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस