संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोजे : प्रचण्ड

फाइल फोटो
 

काठमाडौं, जेष्ठ ५ गते । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोजेको बताएका छन् । उनले त्यस्ता व्यक्तिहरूलाई चुप लगाउनका लागि संघीय प्रणालीले जनतालाई सेवा दिएर र विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने धारणा राखेका छन ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा प्रचण्डले संघीयता विरोधीहरूलाई चुप लगाउनका लागि विकास गर्ने र यसबाट जनतालाई बढीभन्दा बढी सेवा दिने बनाउनुपर्ने धारणा राखे। ‘संघीय गणतन्त्रलाई नरुचाउने र हिजोको केन्द्रीकृत व्यवस्था रुचाउने मान्छेहरू सल्बलाउन थालेका छन्’, प्रचण्डले थपे, ‘हामीले छिटोभन्दा छिटो भौतिक पूर्वाधार निर्माण गर्नुपर्दछ ।

जनतालाई सेवा दिने कुरालाई गती दिँदै विकास निर्माणमा पनि गती दिनुपर्दछ।’ अध्यक्ष प्रचण्डले संघीय सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई पनि साकार पार्नका लागि तीनवटै तहका सरकार लाग्नुपर्ने धारणा राखेका थिए।

स्थानीय तहहरूले सुरुमा ऐन, कानुन र भौतिक संरचनाको कमीले गर्दा काम गर्न नसकेको भन्दै प्रचण्डले अब त्यो अवस्था हट्न लागेको बताए । ‘संघीय नेपालले जनतालाई राम्रो सेवा दियो भन्ने प्रमाणित गर्नुपर्ने हुन्छ’ अध्यक्ष प्रचण्डको आग्रह थियो ।

Scroll to Top