काठमाडौं, जेठ ८ गते –काठमाडौं महानगरपालिका-१६ डेरा गरी बस्ने ५० वर्षीया सावित्री श्रेष्ठलाई नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
डाइजेपाम ६ सय ७० एम्पुल, बुप्रेनोर्फिन नुफिन ५ सय ६१ इम्पुल र फेनारगन ५ सय ६० एम्पुल तथा नगद १ लाख ४१ हजार रुपैयाँ सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई डेरा कोठाबाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा निज श्रेष्ठले विगत लामो समयदेखि नियन्त्रित लागूऔषध भारतीय सीमा नाकाबाट मगाउने गरेको, आफ्नै घरबाट बिक्री बितरण गर्ने गरेको र उनकै २ छोरा समेत लागू औषध सेवनकर्ता रहेको खुल्न आएको उक्त ब्यूरोले जनाएको छ।
उनले यसरी ल्याएको लागू औषध उनका २ छोराले समेत सेवन गर्ने गरेको प्रहरीले जनाएको छ।