• The Public Today
  • १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार


    म्याग्दी, जेठ ९ गते । जेठ ७ गते मध्यरातमा पिसाब गर्न भनी घर नजिकैको शौचालयमा जाँदा नाम परिवर्तन (सीता) सामूहिक बलात्कारको सिकार भएकी थिइन् ।

    पक्राउ पर्नेहरुमा म्याग्दी बेनी नगरपालिका–५ का वर्ष २६ को कृष्ण विक, सोही ठाउँका वर्ष २१ का विकास किसान र वर्ष १९ का प्रेम किसान रहेका छन् । 

    उनीहरुले एक्कासी सीतालाई करणी गर्न दे नत्र मारिदिने भन्दै धाकधम्की देखाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको म्याग्दीका सूचना अधिकारी (इन्सपेक्टर) लक्ष्मण देवकोटाले जानकारी दिए । 

    जंगलमा लगी बलजफत गरी चिच्याउन हारगुहार गर्न नदिई मुख थुनी पालैपालो सामूहिक बलात्कार गरेको बताइएको छ ।

    सामूहिक जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले फरार रहेका उनीहरुलाई लुकिछिपी बागलुङ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको इन्सपेक्टर देवकोटाले बताए । 

    पक्राउ परेका उनीहरुलाई जबरजस्ती करणी मुद्दामा दर्ता गरी म्याग्दी जिल्ला अदालतबाट हिरासतमा राख्नको लागि ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस