विकास निर्माणमा एकजुट भएर अघि बढ्न मुख्यमन्त्री राउतको आग्रह

 

जनकपुरधाम, जेष्ठ १० गते । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणको सबालमा एक जुट भएर अघि बढन स्थानीय तहका प्रमुखहरुलाई आग्रह गर्नु भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले आज महोत्तरीको बर्दीवासमा आयोजना गरेको सोलार उर्जा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले जनप्रतिनिधिहरुलाई पार्टीको नभई विकासको झण्डा बोकेर अघि बढनु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘ अहिले हाम्रो जवावदेही विकास निर्माण गर्नु पर्ने हो, चुनाव भन्दा केही अगाडी पार्टीको झण्डा बोकौंला तर अहिले हामी सबै विकासको झण्डा बोकौ । अनि मात्र विकास सम्भव हुन्छ। 

प्रदेश नं. २ मा उर्जाको प्रमुख आधार सोलार उर्जा नै रहेको उल्लेख गर्नु हुँदै उहाँले भन्नु भयो ,‘ थुप्रै लगानी कर्ताहरु यस प्रदेशमा लगानी गर्न इच्छुक छन, हामीले जग्गा उपलब्ध गराउनु पर्दछ । त्यसमा यहाँहरुलाई हातेमालो गर्न आवश्यक छ । जुन पालिकामा सोलार उर्जा शुरु हुन्छ त्याहाँ विकासको अन्य पूर्वाधारका साथै रोजगारीको सृजना समेत हुने भएकोलस्थानीय तह संग भएका सार्वजनिक जग्गाहरुको अभिलेख तत्काल प्रदेश सरकारलाई बुझाउन उहाँले आग्रह समेत गर्नु भयो । 

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा राज्यमन्त्री डा. डिम्पल झा, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितका वक्ताहरुले सोलार उर्जाको आवश्यकता र स्थानीय तथा प्रदेश सरकारले गर्नु पर्ने पहलका बारेमा आफना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रदेश भरिका राजमार्ग क्षेत्रको स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रदेश नं. २मा चौधरी ग्रुपले एक वर्ष भित्र २०० मेगावाट सोलार विद्युत उत्पादन गर्ने सम्झौता गरि सकेकोले जग्गा उपलब्धताका लागि प्रदेश सरकारले पहल शुरु गरेको हो ।

Scroll to Top