• The Public Today
  • नाइस पानीमा भेटियो किरा र लेउ


    द पब्लिक टुडे समाचारदाता
    बर्दिवास, जेष्ठ १२ गते ।

    महोत्तरीको बर्दिवासमा नाईस पानीको जारमा मरेको किरा भेटेको छ । खानेपानीको जारमा
    मरेको किरा र बोटलमा लेउ भेटिएको छ । धनुषाको चारनाथ गणेणमान नगरपालिका भरतपुरबाट आयुष प्रशोधित पिउने कम्पनीले उत्पादन गरेको नाइस पानीमा मरेको किरा र लेउ भेटिएको हो ।

    बर्दिबासस्थित जनता किराना पसलबाट उपभोक्ताले खरिद गरेको नाइस पानीको शिलबन्द बोतलभित्र मरेको किरा र लेउ भेटिएपछि पसल सञ्चालक नविन कुमार यादवले स्थानीय सञ्चारकर्मीलाई जानकारी गराएका छन् ।

    यसअघि पनि यस कम्पनीद्वारा उत्पादित नाइस पानीमा किरा भेटिएको थियो । जिल्लाकै औरहीमा रहेको महावीर कोल्ड स्टोरमा किरा सहितको बोतल फेला परेको थियो । स्थानीय एक बैंक कर्मचारीले खरिद गरेर पानी प्रयोग गर्न क्रममा पानी बोतलभित्र किरा देखेपछि स्थानीय प्रहरी र सञ्चारकर्मीलाई समेत जानकारी गराएको थियो ।




    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस