प्रदेश ३ सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

Facebook
Twitter
WhatsApp
Print

हेटौँडा, जेष्ठ १४ गते । प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७६\७७ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने भएको छ ।

सरकारका तर्फबाट प्रदेश प्रमुख अनुराधा कोइरालाले मंगलबार दिउँसो सवा २ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।  यो वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले सुशासन, आर्थिक विकास, प्रदेश गौरवका योजना, कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्धन, मुख्यमन्त्री ग्रामीण सडक निर्माणलगायत विषयलाई उच्च प्राथमिकतामा राखेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलका अनुसार यो आर्थिक वर्षमा करिब ५० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरिएको छ। त्यसैअनुरूप प्रदेश प्रमुखले नीति तथा कार्यक्रम पेश गर्ने बताइएको छ । रासस

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार