• The Public Today
  • जागरण अभियानबाट कार्यकर्ताहरुको भावना बुझिन्छ : सिटौला


    मोरङ, जेष्ठ १४ गते । नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीले सञ्चालन गरेको जागरण अभियानबाट कार्यकर्ताहरुको भावना बुझ्न मद्दत पुगेको बताएका छन् ।

    उनले आगामी दिनमा कार्यकर्ताहरुबाट आउने असल सुझाव र सल्लाहलाई पार्टी नेतृत्वले ग्रहण गर्नुपर्नेमा जोड दिए । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले संविधानमा उल्लेखित मौलिक हकलाई सरकारले प्रचलनमा ल्याउनुपर्ने सुझाव दिए ।

    सरकारको एक वर्षको कार्यकाललाई मूल्याङ्कन गर्दा उल्लेखित काम नभएको र जनताको गुनासो बढेको उनको भनाइ थियो । नेता सिटौलाले संवैधानिक निकायलाई निष्पक्ष काम गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गर्दै नेत्रविक्रम चन्द समूहले हिंसात्मक गतिविधिलाई रोकी शान्तिपूर्ण ढङ्गले सरकारसँग वार्ता गर्न सुझाव दिए । रासस


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस