मोदीसहित ५८ मन्त्रीले लिए सपथ

 

द पब्लिक टुडे समाचारदाता
महोत्तरी, जेष्ठ १७ गते : –
 भारतमा नयाँ मन्त्रीमण्डल गठन भएको छ। गत मे १९ मा सम्पन्न निर्वाचनमा सबैभन्दा बढी सिट जितेको भाजपाको नेतृत्वमा सरकार बनेको हो। प्रधानमन्त्रीका नरेन्द्र मोदीसहित धेरै मन्त्री दोहोरिएका छन् भने १९ जना नयाँ मन्त्री बनेका छन्। 

नयाँ मन्त्रीमण्डलमा मोदीका खरो आलोचक तथा कम्युनिस्ट पृष्ठभूमिका विद्यार्थी नेता कन्हैया कुमारलाई हराउनेदेखि कांग्रेस अध्यक्ष राजीव गान्धीलाई हराउने सम्मका नेता मन्त्री बनेका छन्। 

यी नेताले लिए मन्त्रीको सपथ 
क्याबिनेट मन्त्रीका रुपमा राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, सदानंद गौड़ा, निर्मला सीतारमण, रामविलास पासवान, नरेंद्र सिंह तोमर, रविशंकर प्रसादले मन्त्रीको सपथ लिएका छन्। यसैगरी, हरसीमरत कौर बादल, थावर चंद गहलोत, एस जयशंकर, रमेश पोखरियाल निशंक, अर्जुन मुंडा, स्मृति इरानीले पनि मन्त्रीका रुपमा सपथ लिए। 

त्यस्तै  डा हर्षवर्धन, प्रकाश जावडेकर, पीयूष गोयल, धर्मेंद्र प्रधान, मुख्तार अब्बास नक़वी, प्रह्लाद जोशी, महेंद्र नाथ पांडे, अरविंद सावंत, गिरिराज सिंह और गजेंद्र शेखावतले मन्त्रीका रुपमा सपथ लिएका हुन्। 

यसैगरी आजै राज्य मन्त्रीले समेत सपथ लिएका छन्। राज्यमन्त्रीका रुपमा संतोष कुमार गंगवार, राव इंद्रजीत सिंह, श्रीपद नाइक, डा. जितेन्द्र सिंह, किरण रिजिजू, प्रह्लादसिंह पटेल, राजकुमार सिंह, हरदीप सिंह पुरीले शपथ लिएका छन्।

यसैगरी, मनसुख मांडविया, फग्गन सिंह कुलस्ते, अश्वनी कुमार चौबे, अर्जुन राम मेघवाल, जनरल विजय कुमार सिंह, कृष्णपाल गुर्जर, रावसाहेब दानवे, गंगापरम कृष्ण रेडी, पुरुषोत्तम रुपाला, रामदास अठावले, साध्वी निरंजन ज्योति र बाबुल सुप्रियोले राज्यमन्त्रीका रुपमा सपथ लिए। 

त्यस्तै डा. संजीव बालियान, सन्जय धोत्रे, अनुराग ठाकुर, सुरेश अंगाडी, नित्यानन्द राय, रत्तन लाल कटारिया, वी मुरलीधरन, रेणुका सिंह सरुता, सोम प्रकाश, रामेश्वर तेली, प्रतापचन्द्र सारंगी, कैलाश चौधरी र देवोश्री चौधरीले समेत राज्यमन्त्रीका रुपमा सपथ लिएका छन्। 

सपथ लिएका मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छैन। प्रधामन्त्री मोदीले यसका लागि पछि जिम्मेवारी तोक्ने बताइउको छ। 

Scroll to Top