शम्भु पण्डित
जनकपुरधाम, जेष्ठ १८ गते : धनुषामा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर ५ गाडि रहेको ज २ त १००२ नम्बरको ट्रयाक्टर पल्टिदा ट्रयाक्टर डराइभर घटना स्थल मै राकेश यादव काे मृत्यु भएको छ ।
मुसरपटि गाउ टोलमा बस्ने अन्दाजी २० वर्षीय राकेश यादवको मृत्यु भएको हो । मुसरपटि गाउँ का ट्रयाक्टर बाहिर लैजाने मखनाहा गाउँ जादै क्रममा मा ट्रयाक्टर पलटिदा उनको मृत्यु भएको थियो । धनुषाको सबैला नगरपालिका–५ मखनाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
इलाका प्रहरी कार्यालय सबैलाकाअनुसार सानीबार बिहान करिब १२:३० बजे भएको दुर्घटनामा सबैला नगरपालिका १० मिसरपति करिव २० वर्षका रकेश यादवको ज्यान गएको छ। उनी आफैले चलाएको ज २ त १००२ नम्बरको ट्याक्टर बिहान करिब१२:३० बजे दुर्घटना भएको थियो।
इलाका प्रहरी कार्यालय सबैलाको टोली घटनास्थल पुगेको छ। ट्याक्टरमा मृतक चालक मात्रै रहेको बुझिएको छ। घटनाको बिषयमा विस्तृत अनुन्सन्धान भइरहेको इलाका प्रहरी कार्यालय सबैलाले जानकारी दिएको छ पोस्टमार्टम को लागि अञ्चलअस्पताल लगेको छ।