• The Public Today
  • ओली सरकार भ्रष्टाचारमा डुबेको देउवाको आरोप


    बुटवल, जेष्ठ १९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।

    आइतबार भैरहवामा सञ्चारमकर्मीहरुसँग कुरा गर्दै देउवाले वाइडबडी विमान खरिद, बुढिगण्डकी जलविद्युत आयोजना, बालुवाटार जग्गाकाण्डमा चरम भ्रष्टचार भएको दावी गरे । विदेशी सहयोग र अनुदानबाट आउने रकम पार्टीका कार्यकर्ता पोस्ने खालका कार्यक्रम वजेटमा आउनु पनि भ्रष्टाचार नै भएको देउवाको आरोप छ ।

    सरकारबाट हुने भ्रष्टाचार र गलत काम बाहिर आउन नदिन मिडिया काउन्सिल बिधेयक ल्याइएको दावी गर्दै देउवाले स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप कांग्रेसलाई सह्य नहुने बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस