विश्वकप क्रिकेट : इङ्ल्यान्डका २ खेलाडीको सतक फिक्का, पाकिस्तान विजयी

 

लण्डन : पाकिस्तानले विश्वकप क्रिकेटको छैटौँ खेलमा इङ्ल्यान्डविरूद्ध शानदार जित निकालेको छ। पाकिस्तानले सोमवार विश्वकपमा पहिलो जित दर्ता गराएको हो।

नटिङ्घमको ट्रेन्ज ब्रिज स्टेडियममा खेलिएको म्याचमा इङ्ल्यान्डलाई १४ रनले हराएको हो।
पाकिस्तान ११ वानडे खेलपछि जित दर्ता गराएको हो।

यसभन्दा पहिले पाकिस्तानले यसै वर्ष जनवारी २७ मा दक्षिण अफ्रिकाविरूद्ध जित निकालेको थियो। इङ्ल्यान्डले टस जितेर बलिङमा गएको थियो। पाकिस्तानले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो।

लक्ष्य पछ्याएको इङ्ल्यान्डको टिम ५० ओभरमा ९ विकेट गुमाउँदै ३३४ रनमा सीमित भएपछि पाकिस्तानले १४ रनको जित निकाल्यो। इङ्ल्यान्डका लागि जोस बटलरको सतकले जित दिलाउन सकेन। उनले ७६ बलमा १०३ रन बनाएका थिए। उनले ७५ बलमा सतक र ३४ बलमा अर्धसतक बनाएका थिए। उनले यो विश्वकपको दोस्रो सतक बनाए। बटलरको यो विश्वकपमा व्यक्तिगत पहिलो सतक हो भने वानडे इन्टरनेशनलको नवौँ सतक हो।

यसभन्दा पहिले जो रूटले १० चौका र एक छक्काको मद्दतमा १०४ बलमा १०७ रन बनाएका थिए। शादाब खानको बलमा मोहम्मद हफिजले उनलाई क्याच आउट गरे। रूटले ९७ बलमा सतक पुरा गरे। यो विश्वकपमा सतक बनाउने उनी पहिलो खेलाडी हुन्। उनले ४७ बलमा अर्धसतक बनाए। उनको वानडे इन्टरनेशनलमा यो चौधौँ सतक हो।

बेन स्टोक्स १८ बलमा १३ रन बनाएर आउट भए। कप्तान इयन मोर्गनले १८ बल खेलेर ९ रन बनाए। जोनी बेयर्स्टो ३१ बलमा ३२ रन बनाएर आउट भए।

वहाबले वानडे इन्टरनेशनलमा ७८७ दिनपछि विकेट लिए। यसअघि ७ अप्रिल २०१७ मा उनले प्रोभिडेन्सको मैदानमा वेस्टइन्डिजविरूद्ध विकेट लिएका थिए। त्यो बेला उनले ९ ओभरमा ६९ रन दिएर किरन पावेलको विकेट लिएका थिए।

नटिङ्घमको ट्रेन्ट ब्रिज स्टेडियममा खेलिएको खेलमा इङ्ल्यान्डले टस जितेर पहिले बलिङको निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३४८ रन बनायो।

इङ्ल्यान्डविरूद्ध विश्वकपमा कुनै पनि टिमको यो उच्च स्कोर हो। विश्वकपको कुनै पनि खेलमा सतक नै नलगाइ कुनै टिमले पहिलो पटक यति धेरै रन बनाएको हो।

यसअघि दक्षिण अफ्रिकाले सन् २०१५ को विश्वकपमा युएईविरूद्ध ६ विकेट गुमाउँदै ३४१ रन बनाएको थियो ।

इङ्ल्यान्डको तर्फबाट मोइन अली र क्रिस भोक्स सबैभन्दा सफल बलर रहे। मोइनले ५० र भोक्सले ७१ रन दिएर ३-३ विकेट लिए। मार्क वुडले ५३ रन दिएर २ विकेट लिए। पाकिस्तानको तर्फबाट मोहम्मद हफिजले ६२ बलको सामना गर्दै ८ चौका र २ छक्कासहित ८४ रन बनाएर आउट भए। हफिजले ३९ बलमा अर्धसतक बनाए। हफिजको विश्वकपमा यो उच्च स्कोर हो।

यसअघि उनले २०११ को विश्वकपमा बंगलादेशविरूद्ध नटआउट ६१ रन बनाएका थिए। बाबर आजम ६६ बलमा ६३ रन बनाएर आउट भए। उनले आफ्नो पारीमा ४ चौका र एक छक्का लगाए। सर्फराज अहमद ४४ बलमा ५५ रन बनाएर आउट भए। एजेन्सी

Scroll to Top