अपडेट : पत्रकारलाई कुटपिट गर्ने महतो पक्राउ

Facebook
Twitter
WhatsApp
Print

द पब्लिक टुडे समाचारदाता
गौशाला, जेष्ठ २२ गते ।
समाचार लेखेको निहुमा पत्रकारलाई कुटपिट गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकारलाई कुटपिट गरेको आरोपमा महोत्तरीको गौशाला नगरपालिका–४ रजखोरका राजनारायण महतोलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गाैशालाले जनाएकाे छ ।

महोत्तरीबाट प्रकाशित हुँदै आएको द पब्लिक टुडे राष्ट्रिय दैनिकका महोत्तरी संवाददाता रामबाबु यादवमाथि कुटपिट भएको हो ।

महोत्तरीको गौशाला नगरपालिका–४ रजखोरका राजनारायण महतोले आफ्नो कान्छी श्रीमतीलाई ८ वर्षदेखि यातना दिदैं आईरहेका कुरा बाहिर आएपछि गत बैशाख १७ गते “जेठीले सन्तान जन्माएपछि कान्छीमाथि चरम यातना ” शिर्षकमा द पब्लिक टुडे राष्ट्रिय दैनिकमा समाचार प्रकाशित भएको थियो ।

श्रीमतिलाई यातना दिइरहेको समाचार बाहिरिएपनि राजनारायणले कमोधियालाई यातना दिन नछोडेपछि बुधवार बिहान रिपोटिङ्का लागि गएका पत्रकार यादवमाथि राजनारायणले निर्घात कुटपिट गरेका छन् ।

आफ्नो चरित्र वदनाम गराउनेगरी समाचार लेखेको भन्दै पूर्व गाविस अध्यक्ष देवनारायण महतोकै अगाडी राजनारायण महतोले पत्रकार यादवमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट पत्रकार यादव घाइते भएका छन् । घाइते यादवको उपचार गाैशालास्थित स्थानिय क्लिनिकमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस !

१. जेठीले सन्तान जन्माएपछि कान्छीमाथि चरम यातना
२. समाचार लेखेको निहुमा पत्रकारमाथि कुटपिट

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार