ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

Facebook
Twitter
WhatsApp
Print

द पब्लिक टुडे समाचारदाता
महोत्तरी, जेष्ठ ३० गते ।

अपहरण तथा शरिर बन्धक गरी कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा औराही गाउँपालिका २ बस्ने गंगाराम मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको छ ।

गत २०७५ साल मंसिर ८ गते सिरहा, धनगढीमाई नगरपालिका ६ का सुभाष कुमार यादवलाई अपहरण गरी भारतको मधुवनी भुतही बलान तट्बन्ध नजिक लएर गोली हानी सख्त घाइते बनाई घट्ना पश्चात फरार रहेका २१ वर्षीय खत्वेलाई सिरहा नगरपालिका ७ बाट लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जेष्ठ २८ गते पक्राउ गरेको प्रदेश २ प्रहरीले जानकारी दिएको हो ।

गोली लागि गम्भिर घाइते भएका सुभाषको उपचारको क्रममा भारतको बिहार स्थितमा रहेको एःऋज् मेडिकल कलेजमा २०७५ साल मंसिर ९ गते मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार