दक्षिण एसियामा धुम्रपानभन्दा खतरनाक वायु प्रदुषण, भारतमा मात्र १२ लाखको मृत्यु !

काठमाडौं,जेष्ठ ३० गते – दक्षिण एसियाली मुलुकहरूमा धुम्रपानभन्दा खतरनाक रुपमा वायुप्रदुषण देखिन थालेको छ।

मानिसहरुको अकाल मृत्यु हुने सबैभन्दा ठुलो कारणको रुपमा वायुप्रदुषण देखिन थालेको भन्दै वातावरणीय सुरक्षा क्षेत्रमा काम गर्दै आएका निकायले चिन्ता व्यक्त गरेका छन्। 

वायु प्रदुषणका कारण मृत्यु हुनेको संख्या धुम्रपान सेवनभन्दा पनि बढी रहेको सन् २०१९ मा प्रकाशित ‘स्टेट अफ ग्लोबल एयर’ प्रतिवेदनले उल्लेख गरेको छ। 

प्रतिवेदनअनुसार वायु प्रदुषणका कारण अकालमा मृत्यु हुने मानिसको संख्या उच्च भएका देशमा भारत पहिलो नम्बरमा रहेको छ।

भारतपछि चीन सो सूचीको शीर्ष स्थानमा छ। २०१५ मा चीन भारतभन्दा अघि थियो।

यी दुई देशमा वायुप्रदुषणका कारण मानिसको मृत्यु हुनेको संख्या बढी हुनुको अर्थ छिमेकी राष्ट्रमा पनि यसको समस्या उतिकै छ।

प्रतिवेदनमा नेपालमा २५ हजार ७ सय जनाको मृत्यु वायुप्रदुषणका कारण हुने उल्लेख छ। 

दक्षिण एसियाका चीन र भारतपछि पाकिस्तान र बंगललादेश पनि वायु प्रदुषणले मृत्यु हुने देशको सूचीमा शीर्ष स्थानमा छन्।

यी हुन् शीर्ष १० दश देश
प्रतिवेदनमा उल्लेख भएको तथ्यांक अनुसार विश्वमा वायु प्रदुषणका कारण मृत्यु हुने देशको शीर्ष १० देशको सूचीमा दक्षिण एसियाका ४ देश छन्। यो सूचीमा अमेरिका, रसिया र ब्राजिलसमेत रहेका छन्।

चीनमा १२ लाख, भारतमा १२ लाख, पाकिस्तानमा १ लाख २८ हजार, इन्डोनेसियामा १ लाख २४ हजार, बंगलादेशमा १ लाख २३ हजार, नाइजेरियामा १ लाख १४ हजार, अमेरिकामा १ लाख ८ हजार, रसियामा ९९ हजार, ब्राजिलमा ६६ हजार र फिलिपिन्समा ६४ हजार मानिसको मृत्यु वायुप्रदुषणका कारण हुने गरेको अध्ययनले देखाएको छ। 

जन्मने बालकको उमेर २ वर्ष कम
प्रतिवेदन अनुसार बढ्दो वायु प्रदुषणका कारण दक्षिण एसियामा जन्मने मानिसको आयु दुई वर्ष कम भएको छ। दक्षिण एसिया (भारत, पाकिस्तान, बंगलादेश र नेपाल) सबैभन्दा प्रदुषित क्षेत्र मानिएको छ। यो क्षेत्रमा प्रदुषणका कारण अकालमै मृत्यु मानिसको संख्या हरेक वर्ष १५ लाख रहेको प्रतिवेदनमा उल्लेख छ।

रिर्पोटका अनुसार भारत र चीन प्रदुषणका कारण मृत्यु हुने तथ्यांकमा समान अवस्थामा भएपनि पछिल्ला समयमा चीनले त्यसमा निकै सुधार गरेको छ।

प्रतिवेदन अनुसार २०१७ मा विश्वका ३ अर्ब ६० करोड मानिस घरमा हुने प्रदुषणका कारण प्रभावित हुने गरेका छन्। 

अहिले तीव्र आर्थिक विकासका कारण ठोस इन्धनले खाना बनाउन क्रममा न्यूनीकरण हुँदै गएकाले यसमा केही कमी आएको छ।

तर भारतमा अहिले पनि ६० प्रतिशत, बंगलादेशमा ७९ र चीनमा ३२ प्रतिशत मानिस ठोस इन्धन प्रयोग गर्ने भएकाले धुँवाले असर गर्ने गरेको छ। यसका कारण घरभित्र प्रदुषण बढी रहेको छ।

भारतमा १२ लाखको मृत्यु
भारतमा सन् २०१७ मा करिब १२ लाख मानिसको मृत्युको कारण वायु प्रदुषण भएको पाइएको छ। प्रतिवेदन अनुसार उनीहरुको मृत्यु स्वच्छ हावाको अभाव हो। 

लामो समयसम्म घरबाहिर रहने वा घरमै रहेको भएपनि वायु प्रदुषणका कारण २०१७ मा स्ट्रोक, मधुमेह, हर्ट आट्याक, फोक्सोको क्यान्सरलगायतका बिरामी गरी विश्वमा ५० लाख मानिसको मृत्यु थियो।

यी मध्ये आधा मानिसको मृत्यु भारत र चीनमा मात्र भएको तथ्यांकमा उल्लेख छ। २०१७ मा चीनमा पनि १२ लाख मानिसको मृत्युको वायु प्रदुषण भएको रिर्पोटमा उल्लेख छ।

अमेरिकी हेल्थ इफेक्टस् इष्टिच्युट(एचईआई) हालै जारी गरेको प्रतिवेदनमा भारत र चीनको वातावरण प्रदुषण डरलाग्दो मृत्युको कारण भएको उल्लेख छ।

यसमा उल्लेख भएअनुसार भारतमा स्वास्थ्य सम्बन्धी समस्याका कारण मृत्यु हुने कारण तेस्रो कारण वायु प्रदुषण रहेको छ। यसपछि मात्र धुम्रपान रहेको छ।

यसभन्दा पहिले ‘द लैसेट काउन्डाउनः ट्रेकिङ्ग प्रोगेस अन हेल्थ एन्ड क्लाइमेट चेन्ज’ को एक प्रतिवेदनमा भारतमा घरभित्र हुने वायु प्रदुषणका कारण सन् २०१५ मा १ लाख २४ हजारको अकालमै मृत्यु भएको उल्लेख थियो।

प्रतिवेदनमा वायुप्रदुषणको रुप अल्ट्राफाइन पीएम २.५ का कारण विश्वमा २०१५ मा ५ लाख २४ हजार ६ सय ८० मानिसको अकाल मृत्यु भएको उल्लेख थियो। यसरी मृत्यु हुनुको कारणमध्ये प्रमुख कारण घरभित्रको वायु प्रदुषण हो। 


यसरी मानिसको मृत्यु हुनुको अन्य कारणमा कोइला, बिजुली संयन्त्र, यातायातका साधन र उद्योगवाट निस्कने धुवाँ भएको प्रतिवेदनमा उल्लेख थियो। यी कारणवाट क्रमशः ८० हजार ३ सय ६८, ८८ हजार ९१ र एक लाख २४ हजार २ सय ७ जना को मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार २०१५ मा वायु प्रदुषणका कारण मृत्यु हुनेहरुको सूचीमा चीन पहिलो नम्बरमा रहेको थियो। सन् २०१५ मा ९ लाख ६६ हजार ७ सय ९३ मानिसले ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ। तर अहिले उसले त्यसलाई सुधार गरेको छ।

सन् २०७१ मा युनिसेफले प्रकाशित गरेको एक प्रतिवेदनमा भारतसहित दक्षिण एसियामा वायु प्रदुषणका कारण एक वर्षभन्दा कम उमेरका  १ करोड २२ लाख शिशुको मानसिक विकासमा असर पर्न सक्ने देखिएको उल्लेख छ।

युनिसेफले वायु प्रदुषणका संकटमा लाखौं भारतीय बालबालिका रहेको उल्लेख गरेको छ। यसरी मृत्यु हुनेको संख्या दुर्घटना तथा मलेरियाका तुलनामा धेरै बढी छ। अमेरिकी हेल्थ इफेक्ट्स इन्टिच्युटले यो प्रतिवेदन सार्वजनिक गरेको हो।

(द वायर हिन्दी र अन्य एजेन्सीकाे सहयाेगमा तयार पारिएकाे सामग्री)

Scroll to Top