उद्योग र व्यवसायीको सुरक्षा सरकारले दिन्छ : गृहमन्त्री थापा

 

चितवन, जेष्ठ ३१ गते । गृहमन्त्री रामबहादुर थापा बादलले चितवनका उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्ने बताएका छन ।

[custom-facebook-feed]

रत्ननगर नगरपालिकाले आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री थापाले उद्योग र व्यवसायीको सुरक्षा जिम्मा सरकारको रहेको भन्दै ठुक्क भएर लगानी गर्न आग्रह गरे ।

उद्योगको विकास नभएसम्म बेरोजगारी अन्त्य नहुने भन्दै गृहमन्त्री थापाले औधोगिक क्षेत्रको विकास गरी रोजगार सिर्जना गर्ने योजनामा सरकार रहेको दावी गरे ।

देशमै रोजगारी सिर्जना गरेर विदेशिने युवाहरुलाई स्वदेशमा नै रोक्ने योजना रहेको उनको भनाइ छ । गृहमन्त्री थापाले रोजगार रोजगारदाता र बेरोजगार इच्छुक युवाहरुलाई जोड्न रत्ननगरले आयोजना गरेको रोजगार मेला विशिष्ट रहेको बताए ।

कार्यक्रममा मेयर नारायण वनले श्रम लिने र दिने बीचमा सम्बन्ध विस्तार गर्न मेलाको आयोजना गरिएको बताए ।

Scroll to Top