• The Public Today
  • शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित


    काठमाडौं, जेष्ठ ३१ गते । प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

    [custom-facebook-feed]

    पूर्व शिक्षामन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो । बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

    पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ वर्षको उमेरमा आज बिहान चितवनको माडीमा निधन भएको हो।

    अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

    यो पनि !

    पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस