• The Public Today
  • किशोरीलाई होटलमा बन्धक बनाएर बलात्कार



    रौतहट, जेठ ३१ गते । जिल्लाको गौरमा किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    विभिन्न प्रलोभन दिएर गौरको एक होटलमा १६ वर्षकी किशोरीको बलात्कार गर्ने गौर नगरपालिका ३ का १९ वर्षका चन्दन दुबे पक्राउ परेका हुन् ।

    दुबेले विभिन्न प्रलोभन देखाएर गत २७ जेठदेखि किशोरीको बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको रौतहटका प्रहरी प्रवक्ता नवीन कार्कीले बताए ।

    पक्राउ परेका दुबेमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद समेत लिएको उनले जानकारी दिए ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस