कपिलदेवकाे जीवनीमा आधारित चलचित्रमा दीपिकाकाे पारिश्रमिक १४ करोड

जेठ ३२, दीपिका पादुकोण र रणविर सिंंहको जोडी एक पटक फेरि दर्शकमाझ आउने भएको छ । पिकाले हालै पति रणविर सिंंहको फिल्म ‘८३’ साइन गरेकी छिन् । कबीर खानको निर्देशनमा बनिरहेको यस फिल्ममा रणविर सिंंहले भारतीय क्रिकेटर कपिल देवको भूमिका निर्वाह गरिरहेका छन् । दीपिका पादुकोणले यस फिल्ममा कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निर्वाह गर्नेछिन् ।

[custom-facebook-feed]

खबरहरुका अनुसार यस फिल्ममा अभिनय गर्नका लागि निर्माताहरुले दीपिकालाई करोडौं रुपैयाँ पारिश्रमिक दिएका छन । यस अघि दीपिका यस फिल्मको छोटो भूमिकामा अभिनय गर्न तयार थिइन् ।

तर पछि निर्माताहरुले दीपिकालाई १४ करोड रुपैयाँको ठूलो रकम पारिश्रमिक दिने प्रस्ताव राखेपछि दीपिकाले यो फिल्म साइन गरेकी छिन् । 

दीपिका आफैँले भारतीय मिडीयासँगको कुराकानीका क्रममा फिल्म ‘८३’ मा आफूले क्रिकेटर कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निर्वाह गर्ने बताएकी थिइन् । आफ्नो भूमिकाको लागि अब दीपिका कपिल देवकी श्रीमती रोमी भाटिसँग केही समय बिताउने छिन् ।

दीपिकाले भनेकी छिन्, ‘मैले उहाँलाई कैयौँ पटक भेटिसकेकी छु । मेरो विवाहको रिसेप्सनमा पनि र अन्य सामाजिक कार्यक्रममा पनि हाम्रो कुराकानी भएको छ । कैयाैँ कुराहरु उहाँले मसँग सेयर गर्नुभएको छ । जुन कुराहरु मेरो भूमिकाको लागि सहयोगी बन्न सक्छन् । मेरो परिवार र उहाँबीच वर्षौंदेखिको चिनजान छ । म आशा गर्छु कि फिल्ममा मैले गरेको कामले उहाँ खुसी हुनुहुनेछ । म फिल्मको काम सुरु हुनुअघि केही सयम उहाँसँगै बिताउनेछु जसले गर्दा म फिल्ममा उहाँको भूमिका अझै राम्ररी निर्वाह गर्न सक्छु ।’ 

रणविर सिंंह यतिबेला फिल्म ‘८३’ को छायांकनका लागि बेलायतमा छन् । फिल्म ‘८३’ स्पोर्ट्स ड्रामा हो । सन् १८८३ मा भएको क्रिकेट विश्वकपमा वेस्ट इण्डिजविरुद्ध भारतले पहिलो पटक ऐतिहासिक जीत हासिल गरेको थियो ।

यो फिल्म २०२० को अप्रिल १० मा रिलिज हुनेछ । फिल्ममा रणविर सिंंह, दीपिका पादुकोणसँगै हार्डी सन्धु, चिराग पटेल, साकिब सलीम, पंकज त्रिपाठी लगायतका कलाकारको अभिनय रहनेछ ।