सप्तरी, जेष्ठ ३२ गते । स्थानीय तहमा कर्मचारी माग गर्दै खोलेको विज्ञापनलाई लिएर सप्तरीमा लोकसेवा आयोगका अध्यक्षको पुत्ला जलाइएको छ ।
[custom-facebook-feed]
विद्यार्थी संगठनहरुले शनिबार राजविराजस्थित स्थानीय जनआन्दोलन चोकमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला जलाएका हुन् । यसमा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारी समेत सहभागी थियो ।
लोकसेवा आयोगले हालै निकालेको विज्ञापन संविधानविपरित असमावेशी रहेको भन्दै उनीहरुले विज्ञापन रद्द गर्नुपर्ने माग गरेका छन् । साथै आयोग अध्यक्ष मैनालीको राजीनामा माग गरेका छन् ।
‘यो विज्ञापनले संविधानमा प्रदत्त अधिकार खोसिएको छ’ राजपा निकट विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले भने, ‘यो विज्ञापन रद्द गरेर लोकसेवा अध्यक्षले राजीनामा नदिए कडा आन्दोलन हुन्छ ।’