गुठी विधेयकको विरोधमा साधुसन्त

जनकपुरधाम, असार १ : जनकपुरधाममा साधुसन्तहरुले आइतबार गुठी विधेयकको विरोधमा विरोध प्रदर्शन गरेका छन् ।

[custom-facebook-feed]

सरकारले दर्ता गरेको गुठी विधेयक हिन्दु धर्म संस्कृतिमाथिको प्रहार भएको भन्दै विरोधमा उत्रिएका हुन् । उनीहरुले रामानन्दिय सम्प्रदायका साधुसन्तले जनकपुरमा विरोध र्याली निकालेर संघयि सरकारको विरोध गरेका हुन्।

उनीहरुले ‘संघीय सरकार मुर्दावाद, गूठी विधेयक फिर्ता गर, केपी ओली मुर्दा वाद’ नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेको थिए ।

जनकपुरको तुलसी स्मारकबाट सुरु भएको र्याली जनकपुरको प्रमुख मार्ग जानकी चौक, पुरानो बाजार, जनक चौक, राम चौक, शिव चौक, कदम चौक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारीलाई साधु सन्तले एक ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्रमा ‘संघीय सरकारले गुठी विधेयक ल्याएर हिन्दू धर्म र संस्कृतिमाथि नै प्रहार गर्न लागेकोले विधेयक तत्काल फिर्ता लिन माग गर्दै त्यसो न भये यहाँका साधुसन्त कडा संघर्षमा जाने चेतावनी दिए ।’

जिल्ला प्रशासन पुगेका साधुसन्त महन्थमा जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास बैष्णव र सुन्दर सदनका मानमहन्थ नवलकिशोर दाससहित दर्जनो रामानन्दिय सम्प्रदायका साधु महात्माहरुको उपस्थिति रहेको थियो ।