रोहितले पूरा गरे २४ औं एकदिवसीय शतक

काठमाडौं, असार १ – भारतका ब्याट्सम्यान रोहित शर्माले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा शतक पूरा गरेका छन्।

[custom-facebook-feed]

ओपनिङ्गमा आएका उनले भारतका लागि ८५ बल ९ चौका र ३ छक्काको मद्धतमा शतक पूरा गरेका हुन्।

रोहितको एकदिवसीय क्रिकेटमा यो २४औँ शतक हो। पाकिस्तानविरुद्ध टस हारेर भारतले ब्याटिङ गरिरहेको छ। े

२९ ओभरको समाप्तिमा भारतले १७२ रन बनाएर मजबुत अवस्थामा रहेको छ।

विश्वकम प्रतियोगितामा शर्माले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन्। यस अघि उनीसँगै ओपनामा आएका केएल राहुलले ७८ बल खेल्दै ३ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाएर आउट भएका थिए।