बिरामीको पेटमा नेलकटर, सिक्का, साँचो र औँठी भेटिएपछि डाक्टर नै आश्चर्यमा

 

असार २ – शल्यक्रिया गर्दा पेटमा कैँची, सियो छोडिएको घटना कुनै नौलो होइन। तर, भारतको राजस्थान राज्यको उदयपुर इलाकामा शनिबार एउटा आश्चर्यको घटना घटेको छ।

[custom-facebook-feed]

एमवि अस्पतालमा भर्ना भएका गजेन्द्र नामका एक व्यक्‍तीको पेटको शल्यक्रिया गर्दा ५० वटा सामाग्री भेटिएको छ।

शल्यक्रिया विभागका अध्यक्ष डा. डिके शर्माले गजेन्द्र लागुऔषध गर्ने  बताए। उनले नशालु पदार्थको सेवन गर्थे। ओभर डोजका लागि निल्ने गर्थे। १५ दिनअघि पेट दुखेर अस्पताल आएका थिए।

गजेन्द्रको पेटमा चाबी, नेलकटर, सिक्का, साँचो, औठी,  किला निकालेका छन्। उनी हाल खतरामुक्त रहेको शल्यक्रिया सामेल डा. डिके शर्माले  सञ्चारकर्मीहरूलाई जानकारी दिएको समाचारमा उल्लेख छ। सुरुवाती चरणमा उनको एक्सरे भएको थियो।

एक्सरेको रिपोर्ट हेर्दा पेटमा असामान्य वस्तु फेला पर्‍यो। त्यसपश्चात् उनको एण्डोस्कोफीपछि शल्यक्रिया गरिएको थियो।  उनको शल्यक्रिया १ घण्टा तिस मिनेट चल्यो।  डा.शर्माका अनुसार गजेन्द्रको आमाशयमा यी चिजहरू जम्मा भएका थिए। जसका कारण उनलाई अल्सरसमेत भएको छ। गजेन्द्र मनोरोगबाट ग्रसित छन्। 

यस अवस्थामा बिरामीले जुनसुकै वस्तु पनि निल्न सक्छ। आफ्नो इतिहासमा यो घटना पहिलो भएको डा. शर्माले बताए। एजेन्सी

Scroll to Top